विद्यार्थी बेपत्ता भएपछि प्रिन्सिपल प्रहरी नियन्त्रणमा

काठमाडौं, १४ माघ । हाइकिङका लागि फूलचोकी गएका विद्यार्थी चार दिनदेखि वेपक्ता भएका छन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत १७ वर्षीय जोन तामाङ चार सम्पर्कबिहीन भएका हुन् वेपत्ता विद्यार्थीको नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोलीले खोजी गरिरहेको छ । महानगरीय प्रहरीले तामाङको खोजी कार्य जारी रहेको जनाएको छ प्रहरीले अनुसन्धानका लागि विद्यार्थीसँगै हाइकिङमा गएका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई नियन्त्रणमा लिएको छ विद्यार्थी वेपत्ता भएको चार दिन वितिसक्दा समेत विद्यार्थी नभेटिएपछि आक्रोशित अभिभावकहरुले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जोनको ‘कि सास चाहियो कि लास चाहियो’ भन्दै नारावाजी गरेका छन् गत बिहीबार विद्यालयका प्रिन्सिपल ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएपनि फूलचोकी पुगेर फर्किने क्रममा जोन हराएका हुन् । त्यसपछि उनको खोजी सुरु भएको हो प्रिन्सिपलले मदिरा सेवन गरेका कारण उनले समयमा प्रहरी र आफूहरुलाई जानकारी नगराएको परिवारको आरोप छ । उनीहरुले प्रिन्सिपलले बताएको घटना विवरण र अन्य विद्यार्थीले बताएको विवरण समेत मेल नखाएको बताएका छन् टोलीमा रहेको विद्यार्थीहरुले डेन्जर जोन लेखिएको वोर्ड वरिपरिबाट हराएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?