उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेसँगै बिजनेश क्षेत्रमा तरंग पैदा भएको छ । तरंग यो अर्थमा की उनलाई उद्योगी शेखर गोल्छाले समेत साथ दिएका छन् । गोल्छा दुई महिनापछि महासंघको स्वतः अध्यक्ष हुँदैछन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
त्यसैले अब हुने महासंघको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमै कडा भिडन्त हुनेछ ।

यसअघिको चुनावमा गोल्छाले नै प्रधानलाई बरिष्ठ उपाध्यक्षमा हराएका थिए । तर उनै गोल्छाले अहिले फेरि प्रधानलाई बोक्नुले अर्थपूर्ण रुपमा हेरिएको छ ।

वरिष्ठ उपाध्यक्षमा पराजय बेहोरेका प्रधानलाई रिक्त उपाध्यक्ष पदमा पछि मनोनित गरिएको थियो ।

आगामी चैत्र २९ गते महासंघको चुनाव हुँदैछ । चुनावमा ३ उपाध्यक्षहरु मध्ये चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ एकै कित्तामा उभिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?