१५ लाख युवालाई रोजगारी सरकारले दिनुपर्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले देशलाई समृद्धिमा लैजाने हो भने युवालाई परिचालन गरिनुपर्ने बताएका छन् ।  त्यसका लागि सरकारले युवाहरुलाई परिचालन गर्न सक्नेगरी योजना बनाउनु पर्ने शर्माको भनाइ छ ।
बुधबार पश्चिम रुकुमको मुसीकोटमा सहिद स्मृति पार्क तथा भवन उद्घाटन समारोहपछि आयोजित २५ औं जनयुद्ध दिवस कार्यक्रममा बोल्दै नेता शर्माले १५ लाख युवालाई रोजगारी दिन सक्ने गरी सरकारले ठूला योजनाहरुको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले नेकपा नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध पार्टी र सरकार निर्मम बन्न सक्नुपर्नेमा जोड दिए ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता सफल बनाउन रुकुमको भूमिका महत्त्पूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले दुई अध्यक्षबीच विश्वासको वातावरण बनाउने कार्यमा पनि रुकुमै भूमिका रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?