सिन्धुली – सिन्धुली जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हाने। सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफैँले आफ्नो पेटमा गोली हानेका हुन् । उनले एकाबिहानै आफ्नो हत्या गर्ने प्रयास गरेपछि ठूलो खैलाबैला मच्चीयो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलले बताएअनुसार ‘प्रहरी जवान रायले शुक्रबार बिहान साढेसात बजे एक राउण्ड आफ्नै पेटमा गोली प्रहार गरेका हुन् ।
गोली प्रहारपछि राय गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित नेपाल प्रहरी अस्पताल रिफर गरिएको छ । रायले ड्युटीमा रहेका बेला नजिकैको अर्का प्रहरी जवानले बोकीरहेको लामो हतियार ९राइफल० खोसेर आफैँलाई गोली प्रहार गरेका थिए । उनले आफैँले भनेका छन् मैले आफैँलाई गोली हानेको हुँ ।
आज प्रेम दिवस पनि हो । मायालु जोडीहरु प्रेमको रंगिन दुनियाँमा भूलिरहेका बेला उनले किन आफैँमाथी गोली प्रहार गरेका होलान् । धेरैलाई यो जिज्ञासा पनि हुनसक्छ । प्राप्त जानकारी अनुसार उनले आफैँमाथी गोली प्रहार गर्नुको कारणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अस्विकार गरेपछि उनले आत्महत्या गर्ने उद्देश्यले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।
यसबारे प्रश्न राख्दा एसपी सिग्देल भन्छिन्, ‘आज प्रणय दिवसको दिन पनि भएकाले कतिपयले यही अनुमान गरेका छन् । त्यस्तै हुन पनि सक्छ । तर, उसले गोली म आफैले हानेको हुँ मात्र भनेको छ । अरुलाई कुनै दोष छैन दिएको छैन । अहिले उसलाई उपचारको लागि काठमाडौं पठाएका छौं । हाम्रो अुनसन्धान चलिरहेको छ ।
यसअघि गत असोज ७ गते स्याङजामा एक प्रहरीले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका थिए । यस्तै २०७४ असार १७ सिरहाको सदरमुकाम सिरहा नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षाका लागि खटिएका एक प्रहरी जवानले आफैंले बोकेको राइफल पड्काएर आत्महत्या गरेका थिए ।
२०७५ साल आश्विन ७ गते स्याङ्जास्थित जिल्ला कारागारमा कार्यरत एक प्रहरी जवानले आफैंले बोकेको राइफलबाट गोली हानी आत्महत्या गरेका थिए ।
यस्तै २०७५ फागुन २१ गते कञ्चनपुर जिल्लाको २५ नं बाहिनी भगतपुरमा कार्यरत सैनिक जावन २३ वर्षीय वीरबहादुर खड्काले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया