जनता जिन्दवादको नारा लगाउँदा ४ वर्ष जेल !

काठमाडौं । मोरक्कोमा बेरोजगारी, भ्रष्टाचार, गरिबी तथा असमानताका कारण मानिसहरु बिभिन्न नाराहरु लगाएर आन्दोलन गरिरहेका छन् ।

सरकारको डरले गर्दा मोरक्कोका जनताहरु सञ्चारमाध्इामको सहयोग मागिरहेका छन् । त्यहाँका जनताहरु भिडियो तथा म्यासेजको माध्यामबाट आफ्ना समस्याहरु संसारलाई सुनाइरहेका छन् । त्यसै सम्बन्धीको एक भिडियो अहिले भाइरल बनिरहेको छ ।

उक्त भिडियोमा तीन युवाहरु गीतका माध्यामबाट आफ्नो र देशको समस्याका बारेमा बताइरहेका छन् । तर राजा तथा राजाका प्रशंसकहरुले उक्त कुरा सरकारको आलोचना भएको भन्दै तीन युवाहरुलाई जेलको सजाय दिन लगाएका छन् । तर अन्य एक युवकलाई भने राजा जिन्दवाद नभएर जनता जिन्दवाद भनेकै भरमा जेलको सजाय मिलेको छ ।

भिडयोमा युवाहरुले बेरोजगार, भ्रष्टाचार र सामिजिक असमानताको बिरुद्धमा गीत गाएका थिए । त्यसकै भरमा उनीहरुलाई जेल हालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याले बताएका छन् ।

भिडियोमा राजा मिम्रीकिको आवाज जस्तै निकालेर गीत गाएको भन्दै उनीहरुलाई जेल पठाएको सञ्चारमाध्यामहरुको भनाई छ ।

साथै एक १८ वर्षीय युवकले उक्त भिडियो फेसबुकमा शेयर गरेका थिए । तर उनलाई पनि राजाका बारेमा अपमानजनक विचार शेयर गरेको भन्दै ३ वर्षको जेल सजाय सुनाइएको छ ।

अन्य ४ युवकलाई भने ४ वर्षका लागि जेलको सजाय दिइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?