अमेरिकी पूर्व राष्ट्रपतिहरुका सबै मूर्ति किन पार्कबाट हटाइयो ?

काठमाडौं । अमेरिकाको भर्जिनिया प्रान्तको इस्टन द्विपबाट पूरै ह्वाइट हाउस देख्न सकिन्छ । त्यहाँ जर्ज वाशिंगटन देखि लिएर जर्ज डब्ल्यु बुशसम्मका ४३ अमेरिकी राष्ट्रपतिहरुका अर्ध आकारका मूर्तिहरु छन् ।

विलियम्सवर्गको नजिक यार्क काउन्टका प्रेसिडेन्ट्स पार्कमा यी मूर्तिहरु प्रदर्शित गरिएका थिए । १० एकड क्षेत्रफलमा फैलिएको पार्कमा एक संग्रहालय र मूर्तिकला उद्यान रहेको छ ।

त्यहाँ गएर मानिसहरु राष्ट्रपतिका उपलब्धिका बारेमा पढ्ने गर्दथे । यो पार्क सन् २००४ देखि सन् २०१० सम्म खोलिएको थियो । जब पार्क बन्द भयो तब ति सबै मूर्तिहरु त्यहिँ छोडिएको थियो । तर अहिले पार्क डवलपर्सले किनेका छन् ।

पार्कका नयाँ मालिकले स्थानीय हावर्ड ह्याकिन्सलाई त्यहाँका सबै मूर्तिहरुलाई कतै टाढा लगेर नष्ट गर्न आदेश दिएका थिए । तर उनले राष्ट्रपतिहरुको सम्मान गर्दै आफ्नो खेतमा लगेर मूर्तिहरु राखेका छन् ।

ति सबै प्रतिमा सार्नको लागि १० मानिसहरुले ३ हप्ता लगाएका थिए । उनले मूर्ति सार्दा ५० हजार डलर खर्चिएका छन् । तर २०१३ देखि ति सबै मूर्तिहरु त्यत्तिकै राखिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?