नाइजेरियामा ‘लासा’ ज्वरोको प्रकोप, मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो

काठमाडौं । नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ । यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ ।

यस ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना रहेको छ । यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ ।

यस ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन् । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?