मुकेश अम्बानीका १३ सफलताका भनाईहरु

काठमाडौं । मुकेश धीरूभाई अम्बानी (१९ अप्रिल १९५७) भारतीय व्यवसायी तथा विश्वका छत्तीस औँ धनी व्यक्ति हुन् । उनी रिलायन्स इण्डस्ट्रीजका अध्यक्ष, प्रबन्ध निर्देशक र कम्पनीका सबैभन्दा ठूलो शेयरधनी हुन् ।

यो कम्पनी भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो तथा फोर्च्यून ५०० कम्पनी हो । रिलायन्स इन्डस्ट्रीज मा उनका व्यक्तिगत हिस्सेदारी ४८ प्रतिशत रहेको छ ।

उनका सम्पत्तिको मूल्य (फोर्ब्सको अनुसार) २२.२ अर्ब अमेरिकी डलर रहेको छ । मुकेश र उनका भाई अनिल अम्बानी रिलायन्स इन्डस्ट्रीजको संस्थापक स्वर्गीय धीरूभाई अम्बानीका छोरा हुन् ।

मुकेश इन्डियन प्रीमियर लिगको टीम मुम्बई इन्डियन्सका मालिक समेत हुन् ।

१. पैसाको पछाडि दौडिदैमा कोहि पनि सफल बन्न सक्दैन ।

२. ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नुपर्छ ।

३. ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई पूरा नगरुन्जेलसम्म नसुत ।

४. मानिस भईसकेपछि हरेक चुनौतिको सामना गर्न सक्नु पर्दछ ।

५. जुवाडे र शाहसी व्यक्तिका अनुभव उस्तै हुन सक्दछन् तर यी दुईबीचमा भने धेरै फरक छ ।

६. दौडकोबीचमा आराम गर्नेलाई सफलता प्राप्त हुँदैन ।

७. कुनै पनि प्रतिस्पर्द्र्धीले कसैलाई पर्खिदैन, त्यसैले सफलताको भोक आफैमा हुनुपर्दछ ।

८. ब्यापार राम्रो बनाउँनका लागि पहिलो कुरा बजारको माग बुझ्नु पर्दछ ।

९. उत्पादन भन्दा राम्रो बजार छ भने आफ्नो क्षमता बढाउँनु पर्दछ ।

१०. कामको कुरामा आफ्नै अनुभवलाई ठूलो मान ।

११. आफूलाई विश्वास गर र हरेक परिस्थितिका लागि तयार होउ ।

१२. मनिसले आफ्नो मनले मागेको कुरा पूरा गर्नुपर्दछ, चाहे त्यो मूल्यवान वस्तु नै किन नहोस् ।

१३. काम गरेका छौ भने बोल्न आवश्यक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?