सामाजिक उतरदायित्वमा सहयोग गर्न प्रहरी सधै तयारः उपरीक्षक कुँवर

नमराज सुवेदीनुवाकोट, १४ माघ – नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले सामाजिक उतरदायित्त्वको कुरामा प्रहरी सहयोग गर्न तयार रहेको बताएका छन् । आइतबार नुवाकोट उद्योग वाणिज्य संघले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक कुँवरले यस्तो बताएका हुन् उनले नुवाकोटको उद्योग क्षेत्रको विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले आफू उद्योग व्यवसायको क्षेत्रका बारेमा अनभिज्ञ नभएको भन्दै निजी क्षेत्रको पहलमा मात्रै मुलुकको विकास हुन सक्ने र सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएर लोक कल्याणकारी काममा ध्यान दिन जरुरी रहेको बताए कार्यक्रममा नुवाकोटका प्रहरी प्रमुख उपरीक्षक बसन्त कुँवर विधिसम्मत काम गर्ने कुरामा आफूले सहयोग गर्ने बताए । प्रहरी प्रमुख कुँवरले नियमन गर्ने निकायले नियमनमा ध्यान नदिँदा प्रहरी विवादमा मुछिन बाध्य हुने बताए । उनका अनुसार नुवाकोटको सवारी व्यवस्थापनलाई चुस्त राख्न मादक पदार्थ सेवन गरी सवारी चलाउने, पार्किङ्ग व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा अपराध रोकथाम र नियन्त्रणलाई प्रहरीले विशेष चासो दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?