काठमाडौं । इराकको राजधानि बग्दादस्थित अमेरिकी दुतावासको नजिक मिसाइल हमला भएको छ ।
युएस अधिकारीका अनुसार इराकमा गएको अक्टुबर यता अहिलेसम्म १९ औँ पटक हमला भईसकेको छ । तर अहिले भएको रकेट हमलाबाट के कति नोक्शान भयो भन्ने बारेमा कुनै जानकारी छैन ।
यो भन्दा अगाडि पनि इराकस्थित अमेरिका शैन्य अड्डामा रकेट हमला भएको थियो । यो हमला इरानले गराएको हुनसक्ने आशंका गरिएको छ ।
#BREAKING Rockets hit near US embassy in Iraq capital: US military source pic.twitter.com/CqquTuERpK
— AFP News Agency (@AFP) February 16, 2020
३ जनवरी सन् २०२० मा कुर्द फोर्सका प्रमुख कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो । त्यसपछि इरानले अमेरिकी सैन्य अड्डामा लगातार हमला गरिरहेको छ ।
जनरल सुलेमानी इरानका एक महत्वपूर्ण व्यक्ति थिए । सुलेमानीलाई पश्चिम एशियामा इरानी गतिविधिहरुको निगरानी गर्ने प्रमुख रणनीतिकार मान्ने गरिन्थ्यो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया