विद्युत प्राधिकरणको नाफा ९ अर्बमाथि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ९ अर्ब भन्दा बढि नाफा कमाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक कार्यक्रममा बोल्दै नाफा ९ अर्ब नाघेको बताएका हुन् । बितेको तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको घिसिङले बताएका हुन् । काठमाण्डौमा ड्याफोडिल स्कुलले आयोजना गरेको “रेमिट्यान्स फर बेटर लाइफ” कार्यक्रममा बोल्दै उनले भने, “सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारिमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएका छौँ ”।

साथै प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ । उक्त कार्यक्रममा बोल्दै घिसिङले भने, “प्राधिकरण अब लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणको सुदृढिकरणमा केन्द्रित भएको छ “।

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुमा प्राधिकरण प्रवेश गरेका थिए । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो । विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको छ । घिसिङ आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?