काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले शुक्रबारबाट आयोजना गरेको क्यान इन्फोटेक २०२० मा नेपाली प्रविधिलाई स्थान दिइएको छ ।
फागुन ७ गतेसम्म चल्ने इन्फोटेकमा नेपाली प्रविधिहरुको प्रदर्शनीलाई प्राथमिकता दिइएको क्यानका अध्यक्ष नवराज कुँवरले बताए ।
नेपालको शिक्षा क्षेत्र लगायतमा नेपालमै बनेका सफ्टवेयरहरुको अधिकतम प्रयोगमा टेवा पु¥याउने उद्देश्यले नेपाली प्रविधिलाई स्थान दिइएको उहाँले बताए । प्रदर्शनी यो वर्ष पूर्ण रुपमा पेपरलेस बनाइएको छ ।
१ सय ८५ भन्दा बढी स्टलहरु रहेको मेलामा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति र संस्थाहरुले आफ्ना नयाँ उत्पादन र आइडियाहरु प्रदर्शनीमा राखेका छन् । इन्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्ने तथा उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्न मेलाले सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । मेलामा विभिन्न कम्पनीका मोबाइल ब्राण्डहरु, अपरेटिङ सिस्टम, नेटवर्किङ सोल्युशन, सोलार पावर सिष्टम, इन्र्भटर, ल्यापटप तथा डेस्कटप कम्प्युटरहरु प्रदशर्नमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया