काठमाडौं । केक खाने प्रतियोगितामा खाँदाखाँदै एक ६० वर्षीया वृद्धाको मृत्यु भएको छ । अष्ट्रेलियामा ‘लेमिङ्टन इटिङ कन्टेस्ट’ अर्थात केक खाने प्रतियोगितामा केक खाने क्रममा वृद्धाको ज्यान गएको हो ।
बीबीसीका अनुसार क्युन्सल्यान्डस्थित हार्भी बेको एक होटलमा आयोजित केक खाने प्रतियोगितामा आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागि भएका ६० वर्षीया वृद्धा केक खाँदा खाँदै गाह्रो भएपछि उनलाई अस्पताल लगिएको थियो ।
प्रतियोगितामा विजयी हुन हतार हतारमा केक खाँदा गाह्रो भएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया