कोरोना फैलिएको २२ दिनपछि उत्तर कोरियाली नेता किम बाहिर देखिए

उत्तर कोरियाली नेता किम जोङ उन कोरोना भाइरसको संक्रमण फैलिएको २२ दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

शनिबार नेता किमले राष्ट्रिय संग्रहालय भ्रमण गरे । साथै उनले आफ्ना बावु किम जोङ ९दोस्रो० को जन्म जयन्ती मनाए । लुनार नयाँ वर्षपछि उनी सार्वजनिक रुपमा पहिलो पटक देखिएका हुन् । प्योङयाङस्थित कुमसुसान दरबारमा भेला भएर पिताको स्मरणमा श्रद्धाञ्जली दिएका हुन् ।

चीनसँग सीमा जोडिएको मुलुक उत्तर कोरियामा कोरोना भाइरसका बिरामी अहिलेसम्म भेटिएका छैनन् । तर संक्रमण फैलिनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसबाट सारा विश्वमा ६५ हजार मानिसहरु संक्रमित छन् । उत्तर कोरिया त्यहि देश हो, जहाँ कोरोना भाइरस संक्रमित एक व्यक्तिलाई सार्वजनिक रुपमा गोली हानेर मारिएको छ ।
चीनबाट उत्तर कोरिया गएका एक ट्रेड अधिकारी सरकारले रोक्दा रोक्दै पनि एक सार्वजनिक स्नान स्थलमा गएका थिए । त्यो खबर सरकारी अधिकारीहरुले थाहा पाएपछि नियम उल्लंघन गरेको भन्दै गोली हानेर मारिएको हो ।

उत्तर कोरियाली नेता किम जोन उनले चीनबाट उत्तर कोरिया जाने सबै मानिसहरुलाई एक निगरानी केन्द्र बनाएर त्यहि राख्ने आदेश दिएका छन् ।

नियम उल्लंघन गरेको भन्दै उत्तर कोरियालाई सरकारले ति व्यक्तिलाई गोली हानेर मारेको भारतीय पत्रिका वेवदुनियाँले खबर प्रकाशित गरेको छ ।

उत्तर कोरियाले चीनबाट उत्तर कोरिया जाने विमान तथा ट्रेनलाई जान प्रतिबन्ध लगाएको छ । साथै त्यहाँ जाने प्रत्येक विदेशीहरुलाई एक हप्तासम्म आइसोलेशन वार्डमा बस्नु पर्दछ ।

सञ्चारमाध्यामका अनुसार कोरोना भाइरसबाट आजसम्म १६ सय भन्दा धेरैको ज्यान गईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?