रुपन्देही, ३१ भदौ ।नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट नभएको तर नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन ।क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वैद्यले कम्युनिष्ट भएर कम्युनिष्टकै बद्नाम गरिरहेको चर्चा गरे ।माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै पनि हालतमा एकता नहुने पनि वैद्यले प्रष्ट पारे । प्रचण्डको काँग्रेससँग कुरा मिल्ने भएकाले काँग्रेससँग एकता गरे ठिक हुने वैद्यले बताए । सच्चा क्रान्तिकारीबीच एकता र धु्रवीकरण हुनेभएकाले यसका लागि मसाल, विप्लवसँग छलफल चलिरहेको वैद्यले खुलासा गरे ।अध्यक्ष वैद्यले उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आए मात्रै वास्तविक जनताको शासन सत्ता आउने र त्यसले मात्र जनताको अधिकार सुनिश्चित हुने बताउँदै पार्टी मुलुककै वैकिल्पक शक्तिका रुपमा उदयमान हुने दाबी गरे ।संविधानले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता केही कुराको सुनिश्चितता गरे पनि आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिमलगायत समग्र जनताको अधिकारलाई ग्यारेन्टी गर्न नसकेको उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया