काठमाडौं । विविधताले भरिएको यो संसारमा विविध ठाउँमा बिभिन्न किसिमका परम्परा कायम छन् । कतिपय परम्पराहरु यस्ता हुन्छन् जो सुन्दैमा अचम्म लाग्छ । यस्तै एउटा परम्परा इण्डोनेसियामा छ ।
इण्डोनेसियामा एउटा यस्तो दौड प्रतियोगिता हुन्छ जसमा मानिसको साटो गाईलाई दौडाइन्छ ।
४ सय वर्षदेखि चलिरहेको गाई दौड प्रतियोगिता किसानहरुको प्रतिष्ठाको लडाइँ हो । दौडमा आफ्नो गाईलाई धेरै भन्दा धेरै दौडाउनका लागि किसानहरुले गाईको पुच्छरमा जोडसँग टोक्दछन् तथा गाईको पुच्छर निमोठ्छन् ।
यो गाई दौड महोत्सवलाई इण्डोनेसियामा पाकु जावी भनिन्छ । पश्चिम सुमात्राको तनाह दतारमा हरेक वर्ष धान रोपिसकेपछि यो महोत्सव हुन्छ ।
यो महोत्सवमा किसानहरुलाई आफ्नो गाईको तागत देखाउने निकै राम्रो मौका हुन्छ । यो दौडमा पहिलो हुने गाईको मालिकले आफ्नो गाईलाई धेरै भन्दा धेरै मूल्यमा बेच्न सक्छ । पहिलो हुने गाईको मालिकले जति मूल्य बोलेपनि गाई किन्ने मान्छे तयार हुन्छन् ।
यो दौडका लागि तयार पार्न किसानहरुले आफ्नो गाईलाई रिकुटे सैनिकलाई जस्तै गरी तालीम दिन्छन् । जसरी होस् आफ्नो गाइले दौड जित्नुपर्छ भन्ने मनमा राखेर गाईको स्याहार सुसार गर्छन् ।
गाई दौडाउने यो पर्व इण्डोनेसियामा प्रचलित छ र यो पर्व हेर्न टाढा टाढाबाट पनि मानिसहरु आउँछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया