काठमाडौं । पाकिस्तानमा एक धार्मिक र्यालीमा आत्माघाती बम आक्रमण हुँदा ७ जनाको ज्यान गएको छ । विष्फोटमा २५ जना घाइते भएका छन् ।
अहलले सुन्नत वाल जम्मात पार्टीले आयोजना गरेको र्यालीमा विस्फोट भएको त्यहाँका सञ्चारमाध्यमले जनाएको छ ।
आत्मघाती आक्रमणकारी एक मोटरसाइकलमा आएका थिए। चेकपोस्टमा उनलाई प्रहरीले रोक्न खोज्दा त्यहि विष्फोट भएको हो । घटनाको कसैले जिम्मेवारी लिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया