काठमाडौं । यसवर्षको महाशिवरात्रीको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ । नेपाल भ्रमणवर्षसँग जोडेर महाशिवरात्रीलाई भव्य रुपमा मनाउने योजना अनुसार मंगलबार शोभा यात्रा गरिएको हो ।
महाशिवरात्रीमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभा यात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो ।
यात्रामा साधुसन्त, महन्त, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्ड टोलीको पनि सहभागिता रहेको थियो ।
यसैगरी कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्री मुल समारोह समारोह समिति लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया