काठमाडौं । कुनै पनि विमान हावामा उड्नु भनेको सामान्य कुरा हो । तर विमान हावामा उड्नु र सफलतापूर्वक ल्याण्डिङ्ग गर्नु धेरै चुनौतिपूर्ण हुन्छ ।
हीथ्रो एयरपोर्टमा ठूलो तुफानका कारण विमान एयरबस ए-३८० ले अचानक ल्याण्डिङ गरेको छ । यसै सम्बन्धीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको हो ।
ब्रिटिश मिडियाका अनुसार जब उक्त विमान एयरपोर्टमा ल्याण्डिङ्ग गर्याे तब १४६किमी प्रति घण्टाको रफ्तारमा दौडिएको थियो ।
पाइलटले विमान गर्न धेरै संघर्ष गरेपछि मात्र सफल ल्याण्डिङ भएको थियो । उक्त विमान संसारकै सबै भन्दा ठूलो यात्री विमान हो ।
उक्त विमानको तौल ५ लाख ७३ हजार ७९४ किलोग्राम रहेको छ । उक्त विमान लण्डनबाट आबुधाबी जाँदै थियो । यस घटनाको कारणले गर्दा १०० भन्दा धेरै आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् ।
एजेन्सीको सहयोगमा
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया