राष्ट्रपति भण्डारीद्वारा ३२९ जनालाई कैद मिनाहा गरिने

काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरिने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई माफी दिन लागेकी हुन् ।

बुधबारदेखि लागू हुने गरी ३२९ जनालाई कैद माफी गरिएको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?