काठमाडौं । पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा १४ जनाको मृत्यु भएको छ । रहस्यमयी ग्यासको कारण १४ जनाको मृत्यु भएको हो । तर अहिलेसम्म यो ग्यासको स्रोत भने पत्ता लाग्न सकेको छैन ।
सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार मृतकको संख्या १४ पुगेको छ । अधिकारीले विगत दुई दिनदेखि ग्यास कहाँबाट निस्किएको हो भनेर पत्ता लगाउन खोजिरहेका छन् ।
केमारी इलाकाका मानिसहरुमा सास फेर्न गाह्रो हुने, आँखा, घाँटी र नाक पोल्ने र आँखाबाट आँसु बग्ने समस्या देखिएको छ । आइतबार रातीदेखि अचानक मानिसहरुमा समस्या देखिन सुरु भएपछि उनीहरु अस्पताल जान सुरु गरेका थिए ।
सिन्ध प्रान्तको नगरपालिका मन्त्री नासिर हुसैन शाहले अहिलेसम्म साढे दुई सय प्रभावित व्यक्तिलाई अस्पतालमा भर्ना गरेको बताएका छन भने जसमा धेरैजसोलाई उपचारपछि घर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया