काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मध्येका एक सल्लाहकार भ्लादिस्लाफ सुर्कोफलाई पदबाट बर्खास्त गरेका छन् ।
राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पर्दा पछाडिको शक्तिका रूपमा हेरिनुका साथै उनलाई पुटिनको शक्ति मजबुत पार्न सघाउने एक सहयोगीका रूपमा पनि हेरिन्थ्यो ।
सुर्कोफले युक्रेन बारेको रुसी नीतिलाई पनि हेरेका थिए, तर पछि त्यससम्बन्धी केही जिम्मेवारीबाट उनलाई मुक्त गरिएको थियो ।
पुटिनका अनुभवी तथा निकटवर्ती सहयोगी दिमित्री कोजाकलाई यसै महिनाको शुरूतिर युक्रेनी मामिला हेर्ने जिम्मेवारी दिइएको थियो । रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सुर्कोफलाई नयाँ जिम्मेवारी दिइने वा नदिइनेबारे स्पष्ट पारेको छैन ।
क्रेम्लिनको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा पनि सुर्कोफलाई बर्खास्त गर्नुको कुनै सङ्केत गरिएको छैन ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया