काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाकलाई १७ वर्षीय जेल सजाय तोकिएको छ । भ्रष्टाचारको आरोपमा लीविरुद्ध बुधबार १७ वर्ष जेल सजाय तोकिएको हो ।
सन् २०१८ मा जेल परेका लीलाई त्यस समय १५ वर्ष जेल सजाय र १ करोड १० लाख अमेरिकी डलर जरिवाना सुनाइएको थियो । उनले जेल सजाय कम गर्न माग गर्दै आएपछि तारेखमा छोडिएको थियो । उनले आफ्नो गल्तिको महशुस नगरेको र आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै अदालतले बुधबार पहिलेको भन्दा बढी समयको जेल सजाय सुनाएको हो ।
ली सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका थिए । उनले आफ्नो शासनकालमा पदको दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएका थिए ।
अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया