ढुंगाले लागेर चिनियाँ इन्जिनियरको मृत्यु

चरिकोट, १५ माघ । माथिल्लो तामाकोशी जलविद्युतट आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको ढुंगाले लागेर मृत्यु भएको छ दोलखाको लामाबगरस्थित निर्माणाधीन आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङको मृत्यु भएको हो सोमबार बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताइएको छ इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका लागि ल्याउने क्रममा बाटोमा नै उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?