ट्रम्पको यात्रा अगाडि १४ हजार करोडमा २४ मल्टिरोल हेलिकप्टर किन्दै भारत

काठामाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणलाई लिएर बिभिन्न कुराहरुलाई लिएर चर्चा शुरु भएको छ । यसैबीच अमेरिकासँग भारतले २४ मल्टीरोल हेलिकप्टर रोमियो किन्ने भएको छ ।

सुरक्षा मामलाको क्याबिनेट कमिटी (सीसीएस) ले नौसेनाका लागि अमेरिकासँग २४ मल्टीरोल हेलिकप्टर, रोमियो किन्ने फैसला गरेको हो ।

सीसीएसले बुधवार २.६बिलियन डलरमा उक्त हेलिकप्टर किन्ने मञ्जुरी स्विकृत गरेको हो । उक्त हेलिकप्टर नौसेनाको लागि प्रयोग गर्ने छ ।

हेलिकप्टर पनडुब्बियोमा हतियारसहित हमलाको प्रतिरक्षाका लागि तयार रहने भारतीय सञ्चारमाध्यामले बताएको छ । अमेरिकी कम्पनी लकहीड मार्टिनले एमएच ६० रोमियो हेलिकप्टर तयार गरेको छ ।

उक्त हेलिकप्टर एन्टी सबरमिन र एन्टी सर्फेस (शिप) वारफायरका लागि प्रयोग गरिन्छ । २५ जनवरीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डिलमा हस्ताक्षर गर्नेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?