काठमाडौं । जर्मनीको दुई वटा हुक्का बारमा गोली चल्दा ११ जनाको मृत्यु भएको छ । हेसेन प्रान्तको हनाउ शहरमा बुधबार राति अलग अलग बारमा गोली आक्रमण हुँदा ११ जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएका छन् ।
फरक फरक समयमा बारमा आक्रमण हुँदा नौ जनाको ज्यान गएको थियो । त्यस लगत्तै एक संधिग्नसहित दुई जनाको शव बरामद भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
हनाउ जर्मनीको चर्चित शहर फ्राङफर्टबाट २५ किलोमिटर पूर्वमा रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया