काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा बस दुर्घटना भएको छ । भारतको अमालुर नजिकै भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको हो । भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा बुधबार राति दुर्घटना भएको बताइएको छ ।
अधिकारीहरुले जनाए अनुसार दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि मोहन कुमारमंगलमा मेडिकल कलेजमा लगिएको छ । तीर्थ यात्राका लागि हिँडेको उक्त बसमा ४८ यात्रु सवार थिए । उनीहरू नेपालको सुनसरीबाट २३ माघमा ३५ दिनको लागि तीर्थयात्रामा निस्किएका थिए ।
भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरेर नरीपल्लम जान लागेको बसलाई पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा ५६ वर्षीय गोपाल तामाङ, ५५ वर्षीया फितासरी चौधरी, ६० वर्षीय विष्णु दाहालको सनाखत भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया