काठमाडौं । न्युजील्यान्डमा रग्बी खेलका पूर्वखेलाडी रोवान ब्याक्सटर, उनकी पत्नी र उनीहरूका तीन सन्तानको मृत्यु अस्ट्रेलियाको ब्रिसबेनमा भएको छ । ब्याक्सटर आफैंले कारमा आगो लगाएका हुन् ।
उनले स्थानीय पेट्रोल पम्पमा एउटा भाँडामा पेट्रोल भरेको रकारमा पेट्रोल छर्किएर आगो लगाएको अस्ट्रेलियन सञ्चारमाध्यममा जनाएका छन् । प्रहरीका अनुसार बुधवार बिहान ८:३० बजे उनले कारमा आगो लागेका थिए ।
एबीसी न्युज अस्ट्रेलियाका अनुसार, ४२ वर्षीय ब्याक्सटरले आफैंलाई चक्कु हानेको र कारबाट बाहिर निस्किएको तर घटनास्थलमै उनको मृत्यु भएको बताईएको छ ।
पत्नी हान्ना ब्याक्सटरलाई अस्पताल लगिएको भए पनि उनको मृत्यु भयो । उनी ३१ वर्षकी थिइन् । प्रहरीले बताए अनुसार, प्रारम्भिक अनुसन्धानमा महिलाले कार चलाइरहेको र पुरुष अघिल्तिरको प्यासेन्जर सीटमा रहेको देखिन्छ ।
महिलाको शरीर निकै डढेको थियो । आगो लागेपछि एकजना पुरुषले उनलाई कारबाट निकालेका थिए । ती पुरुषलाई पनि आगोले डढाएको र अस्पताल लगिएको बताइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया