काठमाडौं । हिन्दुहरुको प्रमुख चाडहरु मध्ये महाशिवरात्री पनि एक हो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने वा पर्ने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि,मोहरात्रि,सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णन गरिएको छ । विशेषगरी शिवरात्री भगवान शिवको प्रमुख पर्व हो । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध,धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मञ्त्र जप्ने गरेमा पृथ्वीमा सबै कुराले सम्पन्न भई मरेपछी यमलोक जानु नपर्ने र मोक्ष प्राप्ती हुने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको को दिनको रुपमा मनाईन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वहरुको राजा समेत भनिन्छ। साथै शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्राप्ती हुन्छ भनि शास्त्रमा लेखिएको पनि छ । शिवरात्रीमा ठूला साना मन्दिरहरू जस्तै काठामाडौँमा पशुपति धाम,पुर्वको पशुपति खोटाङ जिल्लाको हलेसीमा भक्तजन जम्मा भई धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भव मूर्तिलाई महले स्नान गराइन्छ ।
धतुरो, वैर नफरतको, बेलपत्र गलत आचरण वाव्यवसनको प्रतिक हुन । जसलाई नै वास्तवमा शिव परमात्मा माथी चढाउनु पर्दछ । साथै आत्माको ज्योती जगाउने जागरण तथा पवित्र रहने व्रत लिनु पर्दछ शिवरात्रि सबै धर्मको महान् पर्व हो तथा शिवमन्दिर सबै धर्मका पिता परमात्मा यादगार तिर्थस्थल हो । शिव स्मृति नै वास्तवमा सुमंत्र अथवा तारक मंत्र हो जसबाट नै प्राप्ति र सिद्धि उपलव्ध गर्न सकिन्छ । आज पुनः त्यही वेला र दशा छ, त्यही रात्री छ जहाँ मानव समाज पतनको चरम सिमामा पुगेको छ । यस्तोमा नै धेरै ठूलो घटना तथा सन्देश सुनाउन पाउँदा हर्षको अनुभव भइरहेको छ कि अहिले कलियुगको अन्त्य र सत्ययुुगको आरम्भको संगमयुगमा स्वयम्भू परमात्मा शिव मनुष्य आत्माहरूका निभेको आत्माको ज्योति गाउनको लागि प्रजा पिता व्रह्माको मानवीय कायामा अवतरित भइसक्नु भएको छ ।
आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी । शिवरात्रिको दिन पशुपतीनाथमा र खोटाङको हलेसीमा विशेष घुईँचो हुने गर्दछ । पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा व्याख्या गर्न सकिन्छ । साधूहरुको व्यापक उपस्थिती रहन्छ । विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि सन्यास जीवन व्यतित गरिरहेका साधूहरु भारत अनि नेपालका विभिन्न भागहरुबाट पशुपतिनाथ दर्शन र भ्रमणका लागि आउने गर्दछन् । फर्कने बेला उनिहरुलाई पशुपती विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारीक विदा दिने चलन पनि रहेको छ ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया