२ योनी र २ गर्भाशय भएकी यी महिलाले जन्माइन् स्वस्थ शिशु

काठामाडौं । अमेरिकाको मिशिगनबाट एक हैरान बनाउने समाचार बाहिर आएको छ । त्यहाँकी एक महिलाका दुई गर्भाशय र २ वटा योनी भएको थाहा पाएपछि डाक्टरहरु नै चकित बनेका छन् ।

एक योनीबाट भने महिलाले एक छोरीलाई जन्म दिएकी छन् । महिलाको नाम बिथ्यानी म्यामिलन रहेको छ । बिथ्यानी २७ वर्षकी भईन् ।

उनको शरीरमा २ गर्भाशय र २ वटा योनी रहेको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । मेडिकलको भाषामा त्यसलाई युट्रेस डिडेलफिस भन्ने गरिन्छ ।

यस केसमा महिलाको प्रेग्नेन्ट हुने चान्स रहँदैन । तर बिथ्यानी प्रेग्नेन्ट मात्र भइन्, उनले स्वस्थ शिशुलाई पनि जन्म दिएकी छन् ।

उनी यो भन्दा अगाडि पनि एकपटक प्रेग्नेन्ट भएकी थिइन् । उनका पतिका अनुसार सन् २०१८ मा उनी प्रेग्नेन्ट भएकी थिइन् । तर बच्चा भने मिसक्यारेज भएको थियो ।

डाक्टरले भने यस्तो अवस्थामा उनको गर्भमा कुनै पनि बच्चाले ६ महिना भन्दा विकसित हुन नपाउने बताएका छन् । तर यसपटक भने उनले स्वस्थ शिशुलाई जन्म दिएकी हुन् ।

मिशिगन प्राइमरी स्कूलमा अध्यापन गराउँदै आएकी बिथ्यानीले एक प्यारी बच्ची आफूले जन्माएको बताएकी छन् । उनले शिशुको नाम माईव राखेकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?