काठमाडौं । किर्गिज सरकारका नयाँ सदस्यहरुको संसदमा बिहीबार एक समारोहबीच शपथग्रहण गरेका छन् । राष्ट्रपति सोरोनबाई जीनबेकोभको उपस्थितिमा सो समारोह सम्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति र संसद सदस्यहरुसामु दुई उप प्रधानमन्त्री एर्किन अस्रान्डिएभ र अकरम मादुमारोभ र आपतकालिन मन्त्री जमीरबेक अस्करोभले सपथग्रहण गरेका सरकारी स्रोतले जानकारी दिएको छ ।
किर्गिज सरकारमा २१ सदस्यहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १२ मन्त्री र चार राज्य समितिका अध्यक्षहरु रहेका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया