खार्तुम, १५ माघ – सुडानको विद्रोही समूहसँग शान्तिवार्ताको तयारी भएको र यसका लागि युद्धविराम हुने भएको समाचार छ सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक सो विद्रोही समूह र सरकारबीच सोमबार युद्धविरामका लागि तयारी भएको समाचारमा जनाइएको छ प्राप्त समाचारअनुसार युद्धविरामका लागि तयारी जारी रहेको छ र सरकारी वार्ता समिति र विद्रोही वार्ताटोलीबीच आगामी फेब्रुअरी महिनामा वार्ता हुने जनाइएको छ आगामी शुक्रबारसम्ममा युद्धविरामको घोषणा हुनेछ र अर्काे महिनाको मध्यतिर वार्ता हुने कार्यक्रम बनाइएको छ– एकजना सरकारी अधिकारीले भने उनका अनुसार शान्ति वार्ता भने इथियोपियाको राजधानी आदिस अबाबामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया