कठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको तयारी तिब्रताका साथ चलिरहेको छ । अधिकांश मानिसहरुले ट्रम्पको भारत भ्रमणलाई चासोको विषयले पनि हेरिरहेका छन् ।
तर यो भन्दा अगाडि शक्तिशाली राष्ट्र अमेरिकाका केहि राष्ट्रपतिहरुले भरत भ्रमण गरिसकेका छन् । तर को को आएका छन् त ट्रम्प भन्दा अगाडि अमेरिकी राष्ट्रपतिहरु भारत भ्रमण ? यसबारेमा हामी तपाईहरुलाई जानकारी दिनेछौँ ।
१. डी. आइजनहावर
भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुको कार्यकालमा अमेरिकी राष्ट्रपति डी. आइजनहावर सन् १९५९ मा भारत भ्रमणमा आएका थिए ।
उनले ४ दिनसम्म भारत भ्रमण गरेका थिए । उनले दिल्ली स्थित रामलिला मैदानमा सम्बोधन गरेका थिए ।
२. रिचर्ड निक्सन
डी. आइजनहावर भन्दा ठीक १० वर्ष पछि रिचर्ड निक्सन भारत भ्रमणमा आएका थिए । त्यसबेला उनी उपराष्ट्रपति थिए । उनी भारतमा लगभग २२ घण्टाको भ्रमणमा आएका थिए ।
३. जिमी कार्टर
जिमी कार्टर भारत भ्रमणमा आउने तेश्रो अमेरिकी राष्ट्रपति थिए । उनी सन् १९७८ मा भारत आएका थिए । त्यसबेला चुनावको माहोल थियो र इन्दिरा गान्धी चुनाव हारेकी थिइन् ।
भारतीय जनता पार्टीले चुनाव जितेको थियो । कार्टरले भारतलाई परमाणु हतियार नबनाउँन आग्रह गरेका थिए तर भारतले उनको कुरा मान्न अस्विकार गरेको थियो ।
४. बिल क्लिन्टन
भजपाका प्रधानमन्त्री अटल विहारी भाजपेयको कार्यकालमा बिल क्लिन्टन भारत भ्रमणमा आएका थिए । उनले ५ दिनसम्म भारत भ्रमण गरे ।
उनी सन् २००० मा भारत आएका थिए । क्लिन्टनका साथमा उनकी छोरी चेल्सीया पनि आएकी थिइन् । क्ल्निटनले संसदमा सम्बोधन गरेका थिए ।
५. जर्ज डब्ल्यु बुश
सन् २००६ मा जर्ज डब्ल्यु बुशले भारतको भ्रमण गरेका थिए । जर्ज बुश र अमेरिकाकी पहली महिला लारा बुश भारत आएका थिए ।
त्यसबेला भारतमा मनमोहन सिंह प्रधानमन्त्री थिए । वामपन्थीले त्यसबेला बुशको भ्रमणमा बिरोध गरेको थियो ।
६. बाराक ओबामा
सन् २०१० मा अमेरिकाका पहिला अश्वेत राष्ट्रपति बाराक ओबामाले भारतको भ्रमण गरेका थिए । उनले २६११को आतंकवादी हमलामा मरेका मानिसहरुलाई मुम्बई गएर श्रद्धाञ्जली दिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया