काठमाडौं । वैज्ञानिकहरूले अन्तरिक्षमा करिब एक दर्जन वाइनका बोतल पठाएका छन् । अन्तरिक्षमा उक्त वाइन पिउनका लागि नभएर विभिन्न अनुसन्धानका लागि पठाइएको हो ।
भारहिनता र विकिरणको असर रक्सी र अन्य पेय पदार्थमा कस्तो पर्छ भन्ने विषयमा अनुसन्धान गर्नका लागि अन्तरिक्षमा वाइन पठाएको वैज्ञानिकहरूले बताएका छन् ।
अन्तरिक्षमा पठाइएका वाइनका ति बोतल करिब एक वर्षसम्म राखिने भएको हो । उक्त अनुसन्धानमा जर्मनी र फ्रान्सका दुई विश्वविद्यालयले भाग लिएका छन् ।
वैज्ञानिकहरूलेवाइन नै किन पठाइएको भन्ने विषयमा वाइनमा विभिन्न रासायनिक प्रक्रिया हुने हुँदा अनुसन्धानमा थप सहयोग पुग्ने भएकै कारण अन्य पेय पदार्थ भन्दा वाइन नै पठाइएको वैज्ञानिकहरुले बताएका छन् ।
अनुसन्धान कर्ताहरूले उक्त अनुसन्धान सार्थक भएमा भविष्यमा कृषिका बारेमा पनि महत्त्वपूर्ण जानकारी प्राप्त हुने बताएका छन् ।
वाइनका ति बोतल नफुटोस् भनेर तिनलाई धातुको कन्टेनरमा प्याक गरेर पठाइएको थियो । तीन वर्षसम्म अन्तरिक्षमा रक्सीको बोतल यसरी नै पठाइने भएको छ ।
वाइन पठाउनु भन्दा अगाडि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा स्कच र ह्विस्कीको बोतल पनि पठाइएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया