फिल्म भन्दा कम छैन ट्रम्प र मेलानियाको ‘लभ स्टोरी’, प्रेम, ब्रेकअप र फेरि विवाह

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प २ दिने भारत भ्रमणमा आउँदै छन् । उनको भ्रमणलाई लिएर भारत सरकार तयारीका लागि जुटिरहेको छ । ट्रम्पका साथमा उनकी श्रीमती मेलानिया ट्रम्प पनि भारत भ्रमणमा आउँदैछिन् ।

डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानियाको प्रेम कहानी कुनै फिल्मभन्दा कम छैन । पहिला प्रेम, त्यसपछि ब्रेकअप र फेरी विवाह, ट्रम्प र मेलानियाको बचिमा भएको घटनाक्रम हो यो ।

पेशाले मोडल रहेकी मेलानिया डोनाल्ड ट्रम्पकी तेी श्रीमती हुन् । मेलानिया ट्रम्प भन्दा २४ वर्षले कान्छी छन् । एक फेशन शोको पार्टीमा जब ट्रम्पको नजर ६ फिट अग्ली छरहरी मेलानियामा परेको थियो ।

ट्रम्पले पहिलो नजरमै उनलाई मन पराउन थाले । मेलानियाले पेरिस र मिलानको फेशन जगतमा मोडलले धुम मच्चाईसकेकी छन् । उनी जब न्युवर्कको एउटा पार्टीमा शामिल थिइन् तब उनको पनि नजर आफू अगाडि उभिएका एक व्यक्तिसँग परेको थियो ।

ति व्यक्ति डोनाल्ड ट्रम्प नै थिए । मेलिानियाको जन्म युगेस्लावियामा भएको थियो । उनकी आमा फेशन बिजनेशमा काम गर्दथिन् ।

मेलानियाले १६ वर्षको उमेरमा मोड्लिङ पेशा शुरु गरेकी थिइन् । १७ वर्षको हुँदा फोटोग्राफर स्टेन जर्काैले उनको सुन्दरतालाई लिएर फोटोशुटको अफर गरेका थिए ।

१८ वर्षको उमेरमा मेलानिया इटालियन म्यागेजिनका साथ अनुबन्धित भइन् । ब्रिटिश जिक्यु म्यागेजिनको फ्रन्ट पोजका लागि उनले ट्रम्पकै कि बोइंग ७२७ मा न्युड पोज दिएकी थिइन् ।

पहिलो भेटमै ट्रम्पले मागेका थिए नम्बर

पार्टीमा भेट भएको ५ मिनेट पछि ट्रम्पले मेलानियासँग नम्बर मागेका थिए । शुरुमा मेलानिया हिच्किचाइन तर नम्बर भने दिइन् ।

मेलानियासँग भेट्नु अगाडि नै ट्रम्पका २ वटा विवाह भईसकेको थियो । साथै दोश्री पत्नी मारला मेपलसँग उनको डिभोर्स हुँदै थियो ।

पहिला लभ पछि ब्रेकअप

ट्रम्पलाई नम्बर दिनु उनीहरुको पहिलो मायाको शुरुवात थियो । उनीहरुले नम्बरकै माध्यामबाट कुराकानी शुरु गरे । सन् १९९ सम्ममा उनीहरुको सम्बन्ध गाढा बनिसकेको थियो तर अचानक उनीहरुको ब्रेकअप भयो ।

सन् २००० सालमा ट्रम्प आफ्नो नयाँ बनेको रिफर्म पार्टीबाट उमेदवार बने । चुनावमा उनको नराम्रो हार भयो । त्यसपछि उनल मेलानियालाई सम्झन थाले ।

त्यसबेला न्यु वर्क टाइम्ससँग दिएको अन्तर्वार्तामा उनले आफ्नी प्रेमीकालाई सम्झिएका थिए । त्यसको केहि महिना पछि फेरि उनीहरुसँगै देखिन थाले ।

त्यसबेला उनीहरुको डेटिङ ५ वर्ष भन्दा धेरै चल्यो । त्यसपछि ट्रम्पले १.५ मिलियन डलरको हिराको औँठी प्रेमिकालाई लगाइदिएर मेलानियालाई विवाह प्रस्ताव गरे ।

सन् २००५ मा उनीहरुको विवाह भएको थियो । मेलानियाले विवाहमा १ लाख डलरको कपडा लगाएकी थिइन् । उनीहरुको विवाहमा बिल गेट्स तथा हिलारी क्लिन्टन पनि उपस्थित थिए ।

मेलानियाले विवाह भन्दा अगाडि ट्रम्पका पूर्व पत्नीहरुले गरेजस्तै यदि विवाह पछि सम्बन्ध बिच्छेद भयो भने ट्रम्पको सम्पत्ति लिन नपाउने कुरामा हस्ताक्षर गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?