काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबिच एक समझदारी भएको छ । बैंक तथा बिजनेस ग्रुपबीच ग्राहकहरुलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिटरक्रेडिटरप्रिभिलेज कार्डवाहक ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हसपिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसोर्टहरुमा सेवा लिंदा विशेष छुट पाउने भएको बैंकले जनाएको छ ।
बैंकले देशैभरी ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । त्यस्तै बैंकले ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको जनाएको छ ।
साथै बैंकले गरेको यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया