ललिता निवास जग्गा प्रकरण : १५ दिन भित्र उपस्थित हुन म्याद जारी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका मध्ये ३४ जनालाई अदालतले उपस्थित हुन म्याद जारी गरेको छ ।

विशेष अदालतले उनीहरुलाई १५ दिन भित्र हाजिर हुन भनेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग दाबी गरिएका २४ जना र जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएका १० जनालाई उपस्थित हुन म्याद जारी गरेको हो ।

भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकहरू पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुखहरू टिकाराम घिमिरे लगायतलाई उपस्थितका लागि म्याद जारी गरेको हो ।

१३६ रोपनी सरकारी/सावर्जनक जग्गा हिनामिना गरेको भन्दै १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?