दुई दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार प्रकरणका दोषी १४ वर्षपछि पक्राउ

विराटनगर । १४ वर्ष अघि युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सामूहिक बलत्कारका दोषी मोरङको पथरीशनिश्चरे नगरपालिका–१० ०साविकको शनिश्चरे गाविस–१ ० का ३६ वर्षीय सूर्य विश्वकर्मा पक्राउ गरेको हो ।

२० वर्षीया युवतीलाई २०६२ साल फागुनमा दुई दिनसम्म एक घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए ।

घटना भएको १४ वर्षपछि उनलाई सुनसरीको धरान उपमहानगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका उनीविरुद्ध तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो ।

घटनाअनुसार विश्वकर्मासहित पथरीशनिश्चरे –१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले ती युवतीमाथि बलात्कार गरेका थिए ।

डीएसपी गिरीकाअनुसार पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविरमा रहेको दिदीको घरमा पुगेकी युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।

विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र नेपाली फरार रहेका कारण उनीहरुको खोजी भइरहेको डीएसपी गिरीले बताए ।

साँझको समयमा चउरमा निस्किएका बेला तीन युवा आएर ती युवतीलाई आफ्नै साथीकी बहिनी रहेको भन्दै घुम्न जाउँ भनेर फकाउँदै लगेपछि दीपकको घरमा पु¥याएर दुई दिनसम्म बन्धक बनाउँदै सामूहिक बलात्कार गरेको डिएसपी गिरीले जानकारी दिए ।

घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए । उनीहरु विरुद्ध पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते जनही १० वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

तर त्यस अघि २०६९ साल पुस २४ गते तीनै जनालाई जिल्ला अदालत मोरङले भने सफाई दिएको थियो । जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जना विरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरु पक्राउ भने परेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?