काठमाडौं । स्वीडिस म्युजियम अफ नेचुरल हिस्ट्रीका विशेषज्ञले साइबेरियामा ४६हजार वर्ष पुरानो पंक्षीको अवशेष फेला पारेका छन् ।
विशेषज्ञका अनुसार उक्त अवशेषलाई धेरै राम्रोसँग संरक्षित गरिएको थियो । पंक्षीको नाम हान्ड लार्क रहेको छ जो पूर्वी रुस तथा मंगोलयामा अहिले पनि पाइन्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उत्तः अवशेष साइबेरियाको बेलाया गोरा गाउँमा स्थानिय शिकारीले फेला पारेका थिए । रेडियोबार्बन टेक्निकबाट उक्त अवशेष ४६ हजार वर्ष पुरानो भएको पत्ता लागेको थियो ।
अचम्मको कुरा त के छ भने यति धेरै वर्ष बित्दा पनि उक्त अवशेष सुरक्षित रहेको छ । एक्सपर्ट डेलेनका अनुसार उक्त पंक्षी अहिले पाइने लार्कको पूर्वज हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया