वैज्ञानिकले खोजे शंखे किराको नयाँ प्रजाती

काठमाडौं । ब्रुनेईमा वैज्ञानिकहरुले शंखे किराको एक नयाँ प्रजातीको खाजी गरेका छन् । तापमानको प्रति संवेदनशल यो प्रजातिको नाम पर्यावरण एक्टिविस्ट ग्रेटा थनवर्गको नामबाट क्रास्पेडोट्रोपिस ग्रेटाथनवर्ग राखिएको छ ।

ग्रेटाले जलवायु परिवर्तनलाई लिएर संसारमा जागरुकता फैलाउने काम गरिरहेको छ । वैज्ञानिकहरुले उक्त प्रजातिको नाम ग्रेटा थनवर्गको नामबाट राख्नुको कारण थनवर्ग पीढिले उनीहरुले पैदा नगरेको समस्याहरुको समाधान खोज्नका लागि राखिएको बताएका छन् ।

उक्त शैंखेकिरा दो मिमी लामो र एक मिमी चौडाईको रहेको छ । बायोडायवर्सिटी डाटा जर्नलमा प्रकाशित अध्ययनमा शंखेकिराको यो प्रजाति केनोग्यास्ट्रो पाड्स समूहसँग सम्बन्धित छ ।

जमिनमा बस्ने उत्तः प्रजाति सुखा, तापमानमा अत्याधिक उत्तार चढाव आउँदछ । नेदरल्याण्ड्सको न्यचुरल बायोडाभर्सिटी सेन्टर मेनो सिल्थुइजेन सहित अन्य वैज्ञानिकले उक्त नयाँ प्रजातिका शंखेकुरा ब्रुनेईलाई कुआला बेलालन्ग फिल्ड स्टवटिज सेन्टर नजिक फेला पारिएको थियो ।

वैज्ञानिकहरुले उक्त नयाँ प्रजातीको खोजबारे सबै काम त्यहि भएको थियो । त्यो ठाउँमा इन्टरनेटको शेवा समेत उपलब्ध थिएन । उक्त शोध १० दिन सम्म चलेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?