भारतका पूर्व राष्ट्रपति स्व. कलामलाई अनौठो तरिकाबाट दिईयो श्रद्धाञ्जली

काठमाडौं । भारतका पूर्व राष्ट्रपति स्व.एपीजे अब्दुल कलामप्रति आईतवार चेन्नईमा अनौठो तरिकाबाट श्रद्धाञ्जलि दिइएको छ ।

३० बेकरी विशेषज्ञहरुले डा. कलामको फोटोवाला २००२ किलोग्रामको केक बनाए । केक एशिया बुक अफ रेकर्डमा शामिल गरिएको छ ।

डा. कलामले सन् २००२ मा भारतलाई सुपरपावर बनाउने सपना देखेका थिए । उत्तः कार्यक्रमको आयोजना चेन्नईको कट्टुपक्कम ईलाकामा डा. कलामका भतिजा एपीजे शेख सलामी र अन्य प्रतिष्ठित व्यक्तिहरुले गरेका थिए ।

एशियामा यति ठूलो केक बनाइएको यो पहिलो पटक हो । उक्त केक ३० बेकरले वर्ल्ड डाइरेक्टर लोरेन्सको निर्देशनमा तयार पारेका थिए ।

केकमा ५०० किलोग्राम मैदा, ६५० किलोग्राम चिनी र १६००० अण्डा प्रयोग गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?