ओली र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्त भएको छ ।

सोमबार उनीहरुबीच भेटवार्त भएको स्रोतले जनाएको छ । शनिबार संविधान संसोधनका लागि नेकपाले कार्यदल गठन गरेको थियो । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

अध्यक्षद्वयबीच राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरि सविधान संशोधनका विषयमा छलफल भएको स्रोतले बताएको छ ।

त्यस्तै, सेक्युरिटी प्रेस खरिदमा निवर्तमान सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनबारे गरेको डिलिङको अडियो बाहिरिएपछि यस विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ । छलफल विहान १० बजेबाट सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?