काठमाडौं । नेपालबाट चीन जानेहरुको लागि प्रवेशाज्ञा अर्थात भिसा शुल्क दोब्बरले बृद्धि भएको छ । चीन सरकारले नेपाली नागरिकलाई दिँदै आएको भिसा दस्तुर दोब्बरले बढाएको हो ।
यसभन्दा अघि चीनको भिसाका लागि नेपालीले २ हजार २ सय शुल्क तिर्दै आएका थिए । साथै हाल चीनले भिसा र सेवा शुल्क परिमार्जन गरेसँगै ६ हजार २ सय बुझाउनुपर्ने भएको छ ।
साथै नेपालमा मात्र नभएर चीनले अन्य देशका नागरिकसँग भिसाबापत लिँदै आएको शुल्कमा पनि चीनले वृद्धि गरिएको भिसा सेन्टरका निर्देशक झाङ्ग चियोङ्गले जनाएका छन् । त्यस्तै अमेरिकी नागरिकसँग यसअघि १५ हजार रुपैयाँ भिसा शुल्क लिँदै आएकोमा त्यसलाई बढाएर १९ हजार रुपैयाँ पुर्याइएको छ ।
चीनले नेपाल लगायत इजरायल, रोमानिया, अर्जेन्टिना, क्यानडा, सर्विया, ब्राजिललगायत देशका नागरिकको भिसा शुल्कमा पनि चीन सरकारले वृद्धि गरेको भिसा सेन्टरले जनाएको छ ।
चियोङ्गका अनुसार कर्मचारी, उपकरण, सञ्चालन खर्च तथा नेपालको कानूनअनुसारको करलगायत कारणले भिसा शुल्क वृद्धि गर्नुपरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया