मलेसियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा

काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले राजीनामा दिएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम अलजजिरकाका अनुसार नयाँ सरकार बनाउने सम्भावित चर्चामाझ उनले सोमबार त्यहाँका राजालाई आफ्नो राजीनामा बुझाएका हुन् ।

आफ्नै पार्टीभित्रको एक साता लामो खटपटबीच उनको पार्टीले नयाँ सरकार बनाउन कसरत थालेपछि उनले राजीनामा दिएको बताइएको छ।

९४ वर्षीय महाथिर र प्रधानमन्त्रीका आकांक्षी ७२ वर्षीय अनवार इब्राहिमबीच लामो समयदेखि राजनीतिक द्वन्द्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?