गुन्डा नाइके रवि पुजारी पक्राउ

काठमाडौं । गुन्डा नाइके रवि पुजारी दक्षिण अफ्रिकाबाट पक्राउ परेका छन् । विगत १५ वर्षदेखि भारतीय प्रहरीको खोजीको सूचीमा रहेका पुजारीलाई पक्राउ गरेको गरिएको हो ।

पुजारी भारतभन्दा बाहिर रहेपनि त्यहिबाट आफ्नो धन्दा गर्ने गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । अन्डरवर्ल्ड डन छोटा सकिलसँग अलग भएपछि उनी गत वर्ष सेनेगलमा जमानतमा रिहा भएसँगै दक्षिण अफ्रिका भागेका थिए । उनी त्यहाँ ड्रग तस्करी र असुलीमा संलग्‍न थिए । भारतीय विदेशी गुप्तचर एजेन्सीको सूचनाका आधारमा सेनेगल प्रहरी गत साता दक्षिण अफ्रिका पुगेको थियो ।

उक्त टिममा कर्नाटकका एक वरिष्ठ आईपीएस अधिकारी पनि सहभागी रहेका छन् ।

हत्या, असुलीसमेत झन्डै दुई सयवटा जघन्य घटनामा मुछिएका पुजारीलाई दक्षिण अफ्रिकी एजेन्सीहरूको सहायतामा हिरासतमा लिइएको थियो । साथै ५२ वर्षीय पुजारीलाई भारतीय अधिकारीको एक टिमले दक्षिण सेनेगलबाट फ्रान्स हुँदै भारत ल्याइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?