पार्टनरसँग झगडा पर्यो ? फकाउन काफी छ, एउटा शब्द !

काठमाडौं – आफ्नो पार्टनरसँग तपाई कत्तिको झगडा गर्नुहुन्छ ? हुन त केहिले भन्छन्, झगडा गर्दा झनै माया बढ्छ । केहिले भन्छन् झगडा गर्दा मनको भँडास बाहिर निस्कन्छ र हलुका हुन्छ । जसले जे भनेतापनि सकेसम्म झगडा नगर्नु बुद्धिमत्ता हुन्छ । तर कहिलेकाहिँ सहनै नसक्ने गरी तपाईको रिसको पारो बढ्छ र तपाईहरु झगडा गर्नुहुन्छ । हुन त सम्बन्धमा रहँदा स–साना कुराको विषयमा झगडा हुनु वा ठाकठूक हुनु सामान्य कुरा हो । तर झगडा गर्नेबेला जे परोस् परोस् भन्ने हिसाबले पार्टनरलाई जे पायो त्यहि भन्ने वा त्यस्तो व्यवहार प्रस्तुत गर्ने गर्नुहुँदैन । धेरै पार्टनरहरु झगडा गरेपछि चुपचाप बस्छन् र अझ कोहि त यस्ता हुन्छन् पानी बाराबार गर्छन् । आफ्नो पार्टनरसँग धेरै दिनसम्म बोल्दापनि बोल्दैनन् । नेपाली समाजमा माईती गएर बसीदिने पनि हामीले सुनेका छौँ ।
त्यसैले यी सबै समस्याको एउटै समाधान छ ।
माफी माग्नु
भगवान गौतम बुद्धले भनेका छन्, माफि दिनु सामान्य मानिसको वशको कुरा होईन। हो, गल्ती गरेपछि प्रयाश्चित गर्नु, माफि माग्नु, सुध्रने प्रतिवद्धता व्यक्त गर्नु, पुराना गल्ती नदोहोर्याउनु जस्ता असल आचरण कमैले मात्रै गर्न सक्छन् । त्यसैले यस्ता गल्ती नगर्नुहोस् ।

मौनताले सहयोग गर्दैन

झगडा गरेपछि पार्टनरसँग कुरा गर्नुहोस् 

कुराकानीको वातावरण बनाउनुहोस् 

क्षमा माग्ने दिने गर्नुहोस्

झगडाको कारण र त्यसबाट पर्ने असरबारे सोचेर अबका दिनमा नदोहोर्याउने बारे सोच्नुहोस् 

पार्टनरलाई स्विकार्नुहोस् 

जीवनसाथी भनेको एक रथका दुई पाङ्ग्रा हुन् । एउटा बिग्रिए अर्को चल्दैन । जीवनसाथी लामो रेसको घोडा हुन् र जीवनसाथीमा एक अर्काबिच सुख दुःख समर्पित हुन्छ । त्यतिमात्रै कहाँ हो र रु विवाहपश्चात् हर सुखदुख एकअर्कासँग साट्न सजिलो होओस् भनेर पनि यो सम्बन्धलाई सामाजिक मान्यता दिइएको हो । अनि एक अर्काप्रति सम्मान र माया पनि । तर तर हिजो आज कतिपय सम्बन्धहरु बीचमै टुट्ने र तोडिने पनि भइरहेको छ । एक अर्काबीच बैचारिक द्वन्द्व बढेको छ । पारिवारिक बेमेलको अवस्था छ । त्यसैले दाम्पत्य जीवनमा खटपट र उतारचढाव आइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । आखिर कारण के हो त ? यसबारे हामीले टिप्स तयार पारेका छौँ ।

श्रीमानलाई मन नपर्ने श्रीमतीका यी बानीहरु 

१. अरुको प्रशंसा श्रीमानसँग अरु केटी वा आफ्नो साथीको श्रीमतीको प्रशंसा गर्दा श्रीमती रिसाउँछिन् भने तपाईको यो बानी लाई पटक्कै मन पर्दैन ।

२. यौन सम्बन्धलाई हतियार बनाउनु  : कतिपय महिलाहरु यस्ता हुन्छन् आफूलाई श्रीमानसँग रिस उठेको छ भने शारीरिक सम्बन्धलाई हतियार बनाउँछन् । श्रीमतीको यस्तो बानी जुन श्रीमानलाई पटक्कै मन पर्दैन ।

३. घुमाउरो कुरा गर्ने  : आफ्नो श्रीमती अर्थात् जीवनसाथीले घुमाएर कुरा गर्छन भने पुरुषहरुलाई मनै पर्दैन । उनीहरु जिम्मेवारीको बोझ र तनावमा हुन्छन् । र उनीहरु सिधा कुरा गरिदियोस् भन्ने चाहन्छन् ।

४. व्यक्तिगत कुरामा घोचपेच  :  व्यक्तिगत कुराहरुलाई घोचपेच गर्ने श्रीमतीको बानी पनि पुरुषहरु पटक्कै मन पराउँदैनन् । आफ्नो परिवारको कुरालाई लिएर झटारो हानिरहने तपाईको बानी छ, भने तपाईको जीवनसाथीलाई पटक्कै मन पर्दैन ।

५. लगातार बोलिरहने :  धेरै महिलाहरुको बानी हुन्छ बोलिरहने । आवश्यक कुरा मात्र नभएर अनावश्यक कुरामा पनि कचकच गरिरहने । तर पुरुषहरु ठिक्क अर्थात् चाहिने कुरा मात्र बोलोस् भन्ने चाहन्छन् ।

६. सपिङको लत  :  कतिपय युवती अर्थात् महिलाहरुको बानी हुन्छ कि जे देख्यो त्यहि किनिहाल्नु पर्ने । अर्काले लगाएको देख्यो कि किनिहाल्नु पर्ने । श्रीमानसँग पैसा छ कि छैन मतलब नै नगर्ने । तर पुरुषहरु यो मन पराउँदैनन् ।

७. शंका गर्ने बानी : कोहिसँग बोलेको देख्यो कि शंका गर्ने श्रीमतीको बानी छ, भने पनि पुरुषहरु पटक्कै मन पराउँदैनन् । कुरा नबुझी शंका गर्ने श्रीमतीको बानी छ भने उनीहरु सहन सक्दैनन् ।

श्रीमतीलाई मन नपर्ने श्रीमानका यी बानीहरु

१. अरु केटीसँग तुलना : कोहि पनि केटि अर्थात् युवतीहरु पटक्कै मन पराउँदैनन्, आफूलाई अरुसँग दाँजेको । तर पुरुषहरुको बानी हुन्छ कि आफ्नो श्रीमतीलाई अरुसंग दाँज्ने ।

२. श्रीमतीको साथीबारे चासो राख्नु : श्रीमानले अरुको बारेमा या आफ्नै मिल्ने साथीको बारेमा चासो राखेको कुनै पनि महिलाले मन पराउँदिनन् । आफ्नो साथीको सकारात्मक या नकारात्मक कुनै पनि कुरामा चासो राखेको उनिहरु मन पराउँदैनन् ।

३. शंका गर्ने बानी : कतिपय पुरुषहरुको धेरै शंका गर्ने बानी हुन्छ । उनीहरु कुरै नबुझी श्रीमतीमाथि शंका गर्छन् । अरुको कुरा सुनेकै भरमा गालीगलौज गर्छन् । तर श्रीमतीलाई यस्तो बानी पटक्कै मन पर्दैन । जसले सम्बन्धमा नै खटपट पनि ल्याउँन सक्छ ।

४. पूर्वप्रेमीको बारेमा सोधखोज गर्नु : पुरुषहरुको अर्थात् श्रीमानको बानी हुन्छ आफ्नो पार्टनरको पूर्वप्रेमीबारे चाँसो राख्ने, सोधीखोजी गर्ने तर श्रीमतीलाई उनीहरुको यो बानी मन पर्दैन । युवतीहरु बितेका कुरा कोट्याउन चाहँदैनन् ।

५. लोभ गर्ने बानी भएका पुरुषहरुलाई युवतीहरु मन पराउँदैनन् ।

६.  सरसफाई : महिलाको तुलनामा पुरुषहरु सरसफाईमा कमै ध्यान दिन्छन् । समय समयमा सेभिङ गर्ने, कपाल काट्ने, नुहाउने, नङ काट्ने बानी नभएका पुरुषलाई युवतीले मन पराउँदैनन् ।

‘लिभिङ टुगेदर’मा लफडै लफडा : छैन छुट्टै कानून, बस्नेहरुले आफै जानून् ! 

घटना १
आजभन्दा ४ वर्षअघि निशा राईले कालीमाटी महिला सेलमा अरुण श्रेष्ठविरुद्ध बहुविवाहको उजुरी दिइन् । बुझ्दै जाँदा उनीहरु १० वर्षदेखि काठमाडौंको सोह्रखुट्टेमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका रहेछन् । अरुणले निशालाई थाहै नदिइ अर्को विवाह गरेपछि निशा उजुरी दिन बाध्य भइन् । निशाको मेडिकल रिपोर्टदेखि हरेक कागजपत्रमा श्रीमान्को नाम लेख्ने ठाउँमा अरुणको नाम लेखिएकाले उनी सहजै कानूनको फन्दामा परे । बहुविवाहको सजायअनुरुप अरुण र उनकी नवविवाहित श्रीमतीले २ वर्ष जेलमा बिताउनुप९यो । १० वर्ष लामो सम्बन्ध यसरी टुङ्ग्याउनुको कारण सोध्दा अरुणले निशासँग आफ्नो ‘जात’ नमिलेकाले अर्को विवाह गरेको बताएका थिए ।
घटना २
सीमा र सौरभ एउटै घरको दुई पसलमा काम गर्थे । काममा आउँदाजाँदा उनीहरुको चिनजान भयो । विस्तारै उनीहरु साथी भए । र, मित्रता प्रेममा परिणत भयो । विवाहअघि नै उनीहरु सँगै बस्न थाले । डेढ वर्षको ‘लिभिङ रिलेसन’ पछि सीमालाई थाहा भयो सौरभको अर्की प्रेमिका रहिछ । सीमाले महिला सेलमा निवेदन दिइन् । छलफलका लागि दुवैजनालाई बोलाइयो । सौरभले सीमासँग कोर्ट म्यारिज गर्छु भन्दै त्यहाँबाट बाहिरिए । त्यसदिन देखि उनी कसैको सम्पर्कमा आएका छैनन् । परिवारको पनि ।

घटना ३
सोनिया एक मोडल हुन् । केही वर्षअघि मात्र उनका एक साथीले प्रमोदसँग उनको परिचय गराएका थिए । बोलचाल, भेटघाट बाक्लिँदै जाँदा उनीहरु एकअर्कासँग नजिकिए र सँगै बस्न थाले । दुवैजनाबीच झैझगडा भैरहन्थ्यो । कहिले ब्रेक अप फेरि प्याच अप । यसैगरी जसोतसो बाँचेको थियो उनीहरुको सम्बन्ध । तर, एकपटक त्यस्तै ठूलो झगडा भयो र उनीहरुबीच बोलचाल नै बन्द भयो । ५ महिनासम्म । ५ महिनापछि एकदिन सोनियाको म्यासेन्जरमा यस्ता तस्वीरहरु आए जसले उनको होस् उडायो । प्रमोदको विवाह भएछ । तस्वीर उनै साथीले पठाएका थिए जसले उनीहरुको परिचय गराइदिएका थिए । सोनियाले तत्कालै महिला सेलमा उजुरी दिइन् । गर्भपतन गराउँदा मेडिकल रिपोर्टमा श्रीमान्को नाम लेख्ने ठाउँमा प्रमोदकै नाम लेखिएको थियो । यसले सोनियालाई आफ्नो र प्रमोदको सम्बन्ध भएको दाबी गर्न सहज भयो ।

घटना ४

विवाहपश्चात् रातको ११ बजेसम्म लगातार आइरहने फोन म्यासेज र मिस्डकलले सारिका हैरान भइन् । उनका श्रीमान्ले पनि नवविवाहित श्रीमतीको यो हर्कत देखेर शंकाको नजरले हेरे । उनले नयाँ नम्बर लिइन् । नयाँ फेसबुक आइडी खोलिन् । यतिसम्मकी उनले आफू हिँड्ने स्कुटर समेत फेरिन् तर उनको समस्या घटेन । बरु झन् बढ्यो । कारण स् विवाहअघि लिभिङ टुगेदरमा बसेको पार्टनर ।

सरोजसँग ३ वर्ष लिभिङ टुगेदरमा बसेपछि सारिका काठमाडौंको सानोभ¥याङका एक युवकसँग विवाह बन्धनमा बाँधिइन् । आपसी समझदारीमै छुटेका उनीहरुबीच यो लफडा आउने कारण थियो, सरोजको एकोहोरोपन । सारिकालाई अन्तै विवाह गर्ने अनुमति दिएको सरोजलाई एक्लोपनले यसरी सतायो कि उसले सबै वाचाबन्धन भुल्यो । सरोजले लेख्ने म्यासेजहरु पनि त्यस्तै किसिमका भएको अनुसन्धानबाट खुलेको छ । यही कारणले वैवाहिक जीवनमा असर पुगेको भन्दै सारिका प्रहरीकोमा पुगिन् । जब यो सबै कुरा सारिकाको श्रीमान्ले थाहा पाए उनले आफूले गलत पार्टनर रोजेको भन्दै सारिकाबाट छुट्टिन चाहे । न प्रेमी, न परिवार, न समाज, न माया । अन्ततः सारिका यता न उताकी भइन् ।

घटना ५ :  श्रीमान् वैदेशिक रोजगारीका लागि गएको बेला सम्झना एक्लै काठमाडौंमा डेरा गरी बस्थिन् । सानो जागिर र श्रीमान्ले पठाएको पैसाबाट उनको जीवन भनेजसरी चलेको थियो । दुख पाइस् मंगले आफ्नै ढंगले भनेजस्तै अचानक उनको मति बिग्रियो र सँगै काम गर्ने ईन्द्रलाई उनले जीवनमा प्रवेश दिइन् । अर्थात् उनीहरु हप्ताको ४ दिन सँगै बस्न थाले ।
विवाहित ईन्द्रका एक छोरा, एक छोरी र श्रीमती छन् भन्ने थाहा पाएकी सम्झनाले त्यो कुरालाई सामान्य लिइन् र आफ्नो ईच्छाअनुरुप उसलाई प्रयोगमा ल्याइन् । उनलाई चाहिएको बेला ईन्द्र खडा हुन्थ्यो । तर यस घटनाले उनको जीवनमा त्यतिबेला तरंग ल्यायो जतिबेला उनका श्रीमान् नेपाल फर्किए । श्रीमान्ले यस सम्बन्धबारे थाहा पाएपछि उनको फूलजस्तो संसार भत्कियो । लथालिंग भयो । अहिले उनीहरु अलग भएका छन् । आफू विवाहिता भएकोले ईन्दले सम्झनाको जिम्मा नलिने बतायो । सम्झना अहिले पश्चतापमा बाँचिरहेकी छिन् ।

(घटनामा संलग्न व्यक्तिहरुको गोपनियतालाई मध्यनजर गर्दै उनीहरुको नाम परिवर्तन गरिएको छ ।)

यस किसिमका धेरै घटनाहरुको उजुरी आउँछन् आजभोलि महिला सेल तथा राष्ट्रिय महिला आयोगमा । यी घटनाहरुको जरा हो, ‘लिभिङ टुगेदर’ ।

जबसम्म एउटा वैज्ञानिकले आफूले चाहेको आविष्कार गर्दैन ऊ रोकिँदैन । एउटा रसायनसँग अर्को फेरि अर्कोसँग अर्को मिसाउँदै, मात्रा घटाउँदै, बढाउँदै नौलो प्रयोग गरिरहन्छ ।

‘लिभिङ टुगेदर’ ठ्याक्कै त्यस्तै प्रयोग हो जुन एउटा व्यक्तिले आफ्नो जीवनसाथी खोज्ने क्रममा गर्छ । यस अवधारणा अनुसार दुईजना व्यक्ति प्रेममा पर्छन्, आपसी समझदारीमा विवाहअघि नै पतीपत्नी सरह सँगै बस्छन्, एकअर्कासँग तालमेल मिल्यो भने बिहे गर्छन् होइन भने आआफ्नो बाटो अलग गर्छन् । एक किसिमले विवाह गर्नुपूर्व व्यक्तिले गर्ने ‘एक्सपेरिमेन्ट’ हो यो । प्रेम सम्बन्धमा भएका दुवैजनाका लागि यो एउटा परीक्षा हो जसमा ‘पास’ भएपछि मात्र सम्बन्ध अघि बढ्छ ।

हुनलाई त यो अभ्यास पश्चिमा मुलुकहरुबाट शुरु भएको हो । त्यहाँको वातावरण र संस्कार संस्कृतिसँग सुहाउँदो भएकाले धेरै युवायुवती ‘लिभिङ टुगेदर’ मा बस्छन् । पश्चिमा संस्कृतिले त यस अभ्यासलाई यतिसम्म अपनाएको छ कि ‘लिभिङ टुगेदर’ मा बस्ने जोडीले सन्तानसमेत जन्माएका छन् । र, यस्तो सम्बन्धबाट जन्मिएको बच्चाले पनि विवाहबाट जन्मिएको बच्चासरह नै हकअधिकार पाउँछन् त्यहाँ ।

तस्बिर: गुगल

हो, विवाहको अपरिहार्यतालाई लिभिङ टुगेदरको अवधारणाले निष्क्रिय बनाएको छ अमेरिका तथा यूरोपका राष्ट्रहरुमा ।

नेपाललाई पनि यस चलनको हावाले छोएको छ केही वर्ष यता । विशेष गरी शहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’मा बस्ने जोडीको सङ्ख्या बढेको छ । त्यसो त, यस विषयमा खासै अनुसन्धान भएको छैन । अनुसन्धान गर्नलाई त यस्तो सम्बन्धमा भएका प्रेमीप्रेमिकाले खुलेर आफ्नो सम्बन्धको बारेमा बोल्न सक्नुप९यो । जुन अझै सम्भव छैन । विवाहलाई एउटा व्यक्तिगत निर्णय मात्र नभएर समाज, धर्म, परम्परा र संस्कृतिसँग जोड्ने नेपाली समाजले विवाहअघि युवायुवती सँगै बस्नुलाई कहाँ सहजै पचाउन सकेको छ र १ त्यसैले, अहिले कुनै अनुसन्धान भइहाल्यो भनेपनि सही तथ्याङ्क आउला भन्न सकिने अवस्था छैन ।

राष्ट्रिय महिला आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीका अनुसार नेपालमा ‘लिभिङ टुगेदर’लाई लिएर छुट्टै कानून नभएकाले यससँग सम्बन्धित घटनालाई घरेलु हिंंसामै राखिएको छ । ‘छुट्टै कानून नभएकाले हामीसँग लिभिङ टुगेदरको छुट्टै तथ्याङ्क त छैन,’ क्षेत्री अगाडि थप्छन्, ‘तर, आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्मको तथ्याङ्क अनुसार ४ सय ८ वटा घरेलु हिंसाको उजुरी आएको छ जसमध्ये २० वटा जति लिभिङ टुगेदरसँगै सम्बन्धित छ ।’

कालीमाटी महिला सेलकी ज्ञान मञ्जरी शर्माका अनुसार प्राय उजुरी दिने व्यक्तिले शुरुमै लिभिङ टुगेदरको कुरा नखुलाउने तर, पछि अनुसन्धान गर्दै जाँदा भित्री कुरा खुल्ने भएकाले पनि यसको यकिन तथ्याङ्क राख्न गाह्रो छ ।

तर, प्रहरीकामा पर्ने हत्या, हिंसा, कुटपिट, बलात्कार आदिजस्ता उजुरीहरुको अनुसन्धान गर्दै जाँदा कतिपय घटना ‘लिभिङ टुगेदर’ मै बसेका जोडीबीच भएको खुलेपछि भने नेपालमा पनि ‘लुकीछिपी’ यो अभ्यास गरिरहेको तथ्य बाहिरिएको छ ।

यो कुरा बाहिरिएसँगै विभिन्न व्यक्तिले विभिन्न किसिमका अभिव्यक्तिहरु राखेका छन् । प्रश्न उब्जाएका छन् ।

संस्कृतिविद् प्रा. डा देवमणी भट्टराई भन्छन्, ‘यस्तो अवधारणाले संस्कार मासिन्छ, संस्कृतिमा आँच आउँछ ।’

उनका अनुसार हाम्रो समाजले पूर्वीय संस्कार अवलम्बन गर्दछ । यस संस्कारअन्तर्गत विवाह, सम्बन्ध, घर, परिवारको महत्त्व एउटा व्यक्तिभन्दा माथि हुन्छ अर्थात् हाम्रो संस्कारले मेलमिलाप, सम्झौता र एकतालाई प्राथमिकतामा राख्छ । यो हाम्रो पहिचान हो ।

प्रविधि र विकासमा पश्चिमा राष्ट्रलाई पछ्यायो भन्दैमा संस्कृति नै बिर्सनु नहुने बताउँछन् डा। भट्टराई । ‘यसरी विवाहअघि नै युवायुवती सँगै बस्न थाले भने त वर्षौंदेखि संस्थागत भएको ‘विवाह’को संस्कृति नै लोप भएर जान्छ,’ संस्कृतिविद् डा।भट्टराई अगाडि थप्छन्, ‘विवाह लोप हुनु भनेको दीर्घकालीन समाज निर्माण नहुनु हो ।’

यस्तो अभ्यासको प्रभाव बढ्दै जाने हो भने निकट भविष्यमा विवाहको अवधारणा नै बिलाएर जाने चिन्ता व्यक्त गर्दै डा। भट्टराई भन्छन्, ‘आफ्नो संस्कृतिको घाँटी ननिमोठौं ।’

संस्कृतिविद्ले ‘लिभिङ टुगेदर’लाई ‘विवाह’लाई लोपोन्मुख अवस्थामा पु-याउने तत्त्वका रुपमा हेरेका छन् भने महिला अधिकारकर्मीले यसलाई दिगो वैवाहिक सम्बन्धको आधारका रुपमा व्याख्या गरेका छन् ।
महिला अधिकारकर्मी बबिता बस्नेत भन्छिन्, ‘विवाहपछि मन नमिलेर सम्बन्ध विच्छेद गर्नु भन्दा बरु लिभिङ टुगेदरमा बसेर एकअर्कालाई बुझेर विवाह ग९यो भने वैवाहिक सम्बन्ध मजबुत हुन्छ ।’

आफूले देखेका, भोगेका अनुभव जोड्दै उनी सुनाउँछिन्, ‘अहिले नेपालको कानून महिलाको हकमा निकै बलियो छ त्यसैले, यसैलाई आधार बनाएर विवाहपछि सम्बन्ध विच्छेद गर्ने र श्रीमानको सम्पत्तिमा आफ्नो अधिकार दाबी गर्दै आधा सम्पत्ति पनि लिने विकृति फैलिएको छ ।’

बस्नेत अगाडि थप्छिन्, ‘अन्याय त केटोको बुबाआमालाई पो भएको देख्छु म किनकी नेपाली समाजमा जग्गाजमिन, धनसम्पत्ति त प्राय बाउबाजेकै पालोदेखि सञ्चित गरिएको हुन्छ तर, गलत बुहारी भित्र्याउनाले सबै स्वाहा भएर जान्छ ।’
त्यसैले अधिकारकर्मी बस्नेतका अनुसार यस्तो समस्या झेल्नु भन्दा बरु केटाकेटीले विवाह अघि नै एकअर्काको बानीव्यवहारसँग चिरपरिचित भएमा सम्बन्ध स्थायी हुन्छ ।

यति हुँदा हुँदै पनि बस्नेतलाई ‘लिभिङ टुगेदर’ले महिलाको सुरक्षामा ल्याएको चुनौतीप्रति भने निकै चिन्ता छ । केही समय सँगै बस्ने, शारीरिक सम्बन्ध राख्ने र युवती गर्भवती भएपछि सम्बन्ध तोड्ने, बच्चालाई आफ्नो नाम दिन हच्किने, असुरक्षित गर्भपतन गराउन दबाव दिने, शारीरिक तथा मानसिक यातना दिने, कुटपिट, बलात्कार आदिजस्ता समस्याहरु लिभिङ टुगेदरको नकारात्मक पक्ष भएको बताउँछिन् बस्नेत । फेरि, यस्तो सम्बन्धमा रहेर गर्भवती भएको र केटाले पनि बच्चा अपनाउन तयार नभएको अवस्थामा एउटा महिलाले ‘सिंगल मदर’ अर्थात् एकल आमा भएर बच्चा जन्माउँछु भन्ने वातावरण नेपालमा अझै नभएको गुनासो गर्छिन् उनी ।

‘विदेशमा पो सिंगल मदरलाई सम्मान गरिन्छ र उसको बच्चाले सामान्य बच्चासरह अधिकार पाउँछ तर, यहाँ अझै त्यस्तो कानून बनिसकेको छैन,’ अधिकारकर्मी बस्नेत भन्छिन्, ‘सिंगल मदर र उसको बच्चाको अधिकार सुनिश्चित गरेपछि चाहिँ बल्ल यो अवधारणा महिलाका लागि सुरक्षित हुन्छ ।’

महिलाकै सुरक्षा चुनौतीको कुरा गर्दा समाजशास्त्रकी प्राध्यापक सविता प्रसाइँ लिभिङ टुगेदर अवधारणा आफैमा राम्रो भएतापनि नेपाली परिवेश ‘नसुहाउँदो’ भएको बताउँछिन् । ‘पश्चिमा राष्ट्रमा पो हरेक नागरिक शिक्षित हुन्छन्, आत्मनिर्भर हुन्छन् त्यसैले, सम्बन्ध टुटेपछि पनि उनीहरु सहजै अघि बढ्छन् तर, यहाँ त कतिपय अवस्थामा लिभिङ टुगेदरमा बसेका महिलाहरु पुरुषमै निर्भर भएका हुन्छन्,’ प्राध्यापक प्रसाइँ थप्छिन्, ‘सम्बन्ध टुटेपछि महिलाहरुको बिचल्ली हुन्छ ।’

pic : google

सँगै बस्दै जाँदा मन मिलेन र छुट्टिने निर्णय एकतर्फी भयो भने पुरुषहरुले महिलाको चरित्र हत्या गर्ने, अश्लील फोटो÷भिडियो सार्वजनिक गर्दिने जस्ता समस्याहरु पनि देखिन्छन् । त्यसैले, प्रसाइँका अनुसार शिक्षा र अवसरमा महिला र पुरुषको बराबर पहुँच स्थापित भएपछि लिभिङ टुगेदरको अभ्यासमा अपराध र असामाजिक क्रियाकलापहरु आफै न्यूनीकरण हुँदै जानेछ ।

चिस्सिँदैछ श्रीमान श्रीमतीको सम्बन्ध, यसरी बचाउनुहोस् प्रेम !
काठमाडौं- पछिल्लो वर्ष वर्षयताको तथ्यांक हेर्ने हो भने विश्वभरी नै सम्बन्धविच्छेदको घटना बढीरहेका छन् । दुई व्यक्तिबीचको आपसी सहमतिमा विवाह हुन्छ । अनि मत नमिलेपछि सँगै बस्नुको औचित्य नदेखेका उनीहरु टाढा हुन्छन् ।
पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा निकै दरार आउन थालेको छ । महिलाहरुलाई आफ्नो हक अधिकारबारे थाहा भएका कारण पनि अब पहिले जस्तो सहेर बस्ने भन्ने हुँदैन । र सम्बन्धविच्छेद हुन्छ । सानोतिनो मनमुटाव पछि दम्पत्तिहरु विकल्प खोज्नतिर लाग्छन् । र, पहिलेको सम्बन्धलाई बिच्छेदको बाटो दिन्छन् । विशेषतः विवाहत्तेर सम्बन्ध, गरिबी, लागूऔषध प्रयोग, दुव्र्यसनी, शारीरिक र मानसिक अशक्तता, सम्बन्धमा आएको दरारपन आदी कारण नै अहिले सम्बन्धविच्छेदको मुख्य कारण बनेको छ । विभिन्न अध्ययनले देखाएका छन्, कि वैदेशीक रोजगारीको कारण पनि विश्वभरीनै सम्बन्धविच्छेदको घटना बढीरहेका छन् । यो अर्थमा भन्ने हो भने वर्षौसम्मको मतभेद, अलग बसाई र लामो समयसम्म पनि सम्पर्कमा नरहेका कारण पनि जोडीहरु छुट्टिन चाहिरहेका छन् ।

पछिल्लो समय वैदेशीक रोजगारीले पनि सम्बन्धलाई निकै डरलाग्दो बनाइरहेको छ । युरोपको सबैभन्दा सानो देश लग्जमबर्गको जनसंख्या ५ लाख मात्रै छ । तर यहाँ ८७ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको छ । रुस यस्तो देश हो, जहाँ हरेक एक सेकेन्डमा एक जोडीको सम्बन्धविच्छेद हुन्छ । यहाँको एक तिहाई विवाह जम्मा पाँच वर्ष मात्रै टिक्छ । भारतमा एक हजार विवाहमा १३ जनाको सम्बन्धविच्छेद हुने गरेको छ । स्पेनमा पछिल्लो केहि वर्षमा स्पेनको आर्थिक अवस्थामा आएको उतारचढावका कारण सम्बन्धविच्छेद हुने गरेको छ । इङ्ग्लान्डमा पछिल्लो केहि वर्षमा सवा लाख जोडीको सम्बन्धविच्छेद भएको अनुुसन्धानमा खुलेको छ ।

अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह भएको अनुसन्धानमा उल्लेख छ । अमेरिकामा दोस्रो विवाह गर्नेको संख्या बढिरहेको छ । नेपालमा पनि सम्बन्धविच्छेद बढीरहेको छ । चर्चित ३ जोडीको डिभोर्स भयो २०१९ मा । अब हाम्रा सामू पनि गम्भिर प्रश्न खडा भएको छ समबन्ध कसरी बचाउने रु तपाईको त्यो समस्या मसाधानको लागी लोकपथ डटकमले केही टिप्स जम्मा पारेको छ । जुन निम्नानुसार छ ।

-अरु मानिसले के भन्लान् भन्ने सोच्नु हुँदैन ।

-अधिकार र कर्तव्यलाई एउटै तुलोमा राख्नुपर्छ ।

-कसलाई के कुरा मन पर्छ त्यो खुलेर एकअर्कामा राख्न सक्नुपर्छ ।

-आफू बाहिर कतै घुम्न गएको छ भने फर्कँदा मनपर्ने कुरा किनेर ल्याईदिनुपर्छ ।

-कतै बाहिर निस्कँदा बेलाबेलामा फोन गरिराख्नुपर्छ ।

-अफिसमा छ भने बेलाबेलामा फोन गरेर खाजा तथा खाना खाए नखाएको सोध्ने गर्नुपर्छ ।

-छरछिमेकले कुरा काट्लान भनेर सोच्नु हुँदैन ।

-आइपरेका समस्याहरु मिलेर समाधान गर्नुपर्छ ।

-एकअर्कामा कुराहरु शेयर गर्नुपर्छ ।

-बहिरका मान्छेलाई घरका कुरा सुनाउन हुँदैन ।

-एक अर्काले एकआपसमा समय मिलाएर घुम्न जाने तथा सँगै बस्ने गर्नुपर्छ ।

-एक अर्काले सम्बन्धलाई गाढा बनाउन जे छ, त्यसमै सन्तोष बन्न सक्नुपर्छ ।

-यो भन्दा राम्रो मलाई हुनै सक्दैन भन्ने भावना मनमा राख्नु पर्छ ।

-एकआपसमा मीठो गरेर बोल्नु पर्छ ।

-पतिपत्नीमा सम्बन्धलाई मीठो बनाइराख्न एक अर्काले गरेको कामको तारिफ गर्नुपर्छ ।

-शंकाको वातावरण सिर्जना गर्नुहुँदैन ।

-समस्या आईपरे, रोगी भए, दिर्घकालीन रोग लागेपनि माया ममतासँगै बाँच्नुपर्छ ।

-एक अर्कालाई सम्मानसहितको प्रेम गर्नुपर्छ ।

-एक अर्काको सपना साकार पार्न जतिसक्दो लाग्नुपर्छ ।

-दुई जनाबिचको सम्बन्धमा परिवारका अरु सदस्यको कारण देखाई वैमनश्यता सिर्जना गर्नु हुँदैन ।

-हतारमा निर्णय लिँदा फूर्सदमा पछुताउनुपर्छ । विवाह, सम्बन्ध, करिअर जस्ता कुराहरुमा निर्णय लिँदा निकै सुझबुझसाथ अभिभावकको सल्लाहमा मात्रै निर्णय लिनुपर्छ ।

-सम्झनुहोस् उ विना तपाई पूर्ण हुनुहुन्न र तपाईविना उ ।

-सम्बन्धमा जब विकल्प खोज्न थाल्नुभयो तब सोच्नुहोस् तपाईले नराम्रो बाटो पक्रिनुभयो ।

-हरेक कुरामा ‘पर्फेक्ट’ हुन्छ वा चाहियो भन्ने भाव राख्नु हुँदैन ।

– जीवनमा सम्झौता पनि गर्न जान्नुपर्छ ।

अन्त्यमा, यो नभूल्नुहोस् तपाईको पार्टनर आगो हुँदा तपाई पानी बन्न जान्नुहोस् । सकारात्मक सोँच सफल जीवनको ‘चाबी’ हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?