काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार आफ्नो जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगे । तेह्रथुमको आठराईमा दलबलसहित जन्मदिन मनाउन ओली पुग्दा गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो ।
कुरो त्यतिमै सीमित रहेन । चार वटा हेलिकप्टर आठराई पुगेको थियो भने एक हेलिकप्टरमा ओलीको जन्मदिनको केक नै लगिएको थियो । सो हेलिकप्टरमा लगेको केक काट्दा ओली आलोचित बन्न पुगे । आलोचित यस अर्थमा कि केक नेपालको नक्सा आकार थियो र त्यही आकृतिको केक काटेर नेपालको नक्साकै अपमान गरेको आरोप ओलीमाथि लाग्यो । सो विषयलाई लिएर ओलीको चर्को आलोचना हुने क्रम अझै रोकिएको छैन।
गोकुल बाँस्कोटा प्रकरणमा ओलीले मौनता साँधेको आरोप लागिरहेको बेला यो प्रकरण थपिएपछि सरकारमाथि थेगिनसक्नुको आक्रोश देखिएको छ । त्यही आक्रोशलाई मथ्थर पार्न ओलीलाई हम्मेहम्मे परेको छ । आज पोखरामा पार्टीका कार्यक्रमका शिलसिलामा पुगेका उनले विपक्षीले अनावश्यक टिकाटिप्पणी गरेको भन्दै आक्रोश पोखे । उनले यतिसम्म भनेकी आलोचनाको नाममा विपक्षीले कपडाको रंग मिलेन भनेरसम्म आलोचना गर्न पछि नपर्ने अवस्था आएको बताए ।
ओलीले जेजस्तो बचाउ गरेपनि आठराईमा भड्किलो जन्मदिन मनाएको कहीँकतै छिपेको छैन । प्रधानमन्त्रीको सचिवालयसँग यसबारे सोध्दा तर्किने गरेकाले कति खर्च भयो भन्नेमा आधिकारिक विवरण आउन सकेको छैन ।
तर नेपाल सरकारकै एक पूर्वसचिवले ओलीको जन्मदिनमा एक करोड ५० लाखजति खर्च भएको हुनसक्ने आँकलन गर्दै हिसाव किताव निकालेका छन् ।
पूर्वसचिव भीम उपाध्यायका अनुसार करिव ६ हजार जनतालाई भोज खुवाउन ३९ लाख, २ हजार थान डायरी र पेन वितरणमा १ लाख, हजार थान टोपी र ज्याकेटमा १५ लाख खर्च भएको अनुमान गरेका छन् ।
यस्तै हेलिकप्टर खर्च ४ वटाको कम्तीमा ८ लाखसहित अन्य हिसाव किताव गरेर डेढ करोड खर्च भएको हुन सक्ने बताएका छन् ।
खर्च यतिधेरै भएको छ त्यो खर्च कसले बेहोर्यो भन्ने पनि खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया