भारतको दिल्ली हिंसामा ७ को मृत्यु, ६० भन्दा धेरै घाइते

काठमाडौं । सोमवारसाँझ भारतको दिल्लीस्थित बिभिन्न इलाकामा भएको सीएए प्रदर्शनका क्रममा भएको झडपपछि केन्द्रिय गृह मन्त्रालयले तत्काल एक्शन लिने आदेश दिएको थियो ।

मंगलवार विहान पनि दिल्लीको उत्तर पूर्वी इलाकाका केहि ठाउँमा प्रदर्शनकारीहरुले ढुङ्गा प्रहार गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

केन्द्रिय गृह मन्त्री अमित शाहले उत्तर पूर्वी दिल्लीमा हिंसा भएपछि राष्ट्रिय राजधानीमा छलफलका लागि आज एक बैठक बोलाएका छन् ।

बैठकमा उप राज्यपाल अनिल बैजल, मुख्यमन्त्री अरबिन्द केजरीवाल र बिभिन्न दलका प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।

भारतीय सञ्चारमाध्यामका अनुसार उत्तरी पूर्वी दिल्लीमा फरक फरक स्थानमा भएको हिंसामा परेर ७ जनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै घाइते भएका छन् ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार गृहमन्त्री शाहले दिल्लीको बारेमा के गर्ने भन्ने विषयलाई लिएर बैठक बोलाएको भारतीय पत्रिका वेबदुनियाँले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?