हलिउड निर्माता हार्भी बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

काठमाडौं । हलिउड निर्माता हार्भी वाइन्सटिन बलात्कार तथा कुटपिटको घटनामा दोषी ठहर भएका छन् ।

न्यू योर्कको अदालतले गरेको फैसलालाई मिटू अर्थात् म पनि पीडित भनिने यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ ।

वाइन्सटिनले २५ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइएको छ । उनलाई सन् २०१३ मा लस एन्जेलसमा दुई जना महिलालाई कुटपिट गरेको आरोप पनि छ । ६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ ।

ग्वेइनेथ प्यालट्रो, उमा थर्मेन र साल्मा हाएक सहित कम्तीमा ८० जनाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?