काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार ‘दराज अनलाइन’ले नयाँ सपिङ अभियानको घोषणा गरेको छ । दराजले बेला बेला त्यस्ता अभियान गर्ने गरेको छ । त्यस्तै दराजले सन् २०२० को पहिलो शपिंङ अभियान घोषणा गरेको हो ।उक्त सपिङ अभियानको नाम ‘ह्याप्पी शपिङ’ दिइएको छ ।
दराजका अनुसार उक्त अभियान मार्फत अन्तरक्रियात्मक गेम जोनले एप प्रयोगकर्तालाई विभिन्न खेल खेल्न र उपहार जित्न अवसर प्राप्त गर्न सक्नेछन् । त्यस्तै यसबाहेक वनरुपी गेम, मिशन गेम तथा शेक शेक पनि रहेका छन् ।
यस योजना मार्फत प्रयोगकर्ताहरुले कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य सामाग्री लगायतमा छुट प्राप्त गर्न सक्नेछन् । भने प्रयोगकर्ताहरूले शेकशेक गेममार्फत थप छुट प्राप्त गर्ने सक्नेछन् ।
दराजको योजना अवधिभर प्रयोगकर्ताहरुले एप अभियानमार्फत दराजले मेगा डिलहरू प्रदान गर्नेछ, जस अन्तर्गत धेरै सामाग्रीमा ६० प्रतिशतसम्मको छुट प्रदान गर्ने दराजले जनाएको छ । त्यस्तै प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा छुट पाउने भएका हुन् ।
त्यतिमात्र नभएर दराजले निःशूल्क वितरण, उपहारहरु, बन्डल अफरहरूलगायतका आकर्षणहरु प्रस्तुत गर्ने भएको छ ।
एनआईसी एशिया बैंक,स्टेनडर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, र छन् दराजको बैंकिंङ साझेदार हुन् । बैंकिंङ साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुट पाउने दराजले जनाएको छ ।
उक्त अभियान फेब्रुअरी २५ देखि मार्च ०२ सम्म संचालन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया